सुन जस्तो देखिने वस्तु करिब ४ सय ९० ग्रामसहित पर्साकाे वीरगंज महानगरपालिका-१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई बिहीबार दिउँसो प्रहरीले मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाटपक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार सोनारलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।