समाचारको विषयलाई लिएर मकालु खबर डटकमका मधेस ब्यूरो प्रमुख शिवेन्द रोहितालाई एक अराजक समुहले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकषर्ण भएको जनाएकाे छ ।
महासंघकाे धनुषा शाखाका अनुसार असार २५ गते सोमबार राति जनकपुरधाम उपमहानगरपालिकास्थित भानुचोकमा सो समुहले पत्रकार रोहितामाथि सांघातिक आक्रमण गरेका थिए ।
कुनै पनि बहानामा सञ्चारकर्मीमाथि यस किसिमले आक्रमण हुनु निन्दनीय र प्रेसविरोधी काम हो भन्दै महासंघले याे प्रेसविरोधी घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ ।







