• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुल भाँचिएपछि बेँसीसहर–चामे सडक अवरुद्ध


  •    संवाददाता/ बिहिबार, असार २८, २०८०  

  • लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। को काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो।

    बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका–१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नं २ स्थित स्यार्कु खोलाको काठे पुल आजदेखि निर्माण गरिँदै छ। सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उहाँले बताउनुभयो।

    अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो। पुल जीर्ण भएपछ पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो। पुल निर्माणका लागि मङ्गलबारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो।

    मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरुप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो। नेपाली सेना २०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो। विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो। तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो। उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.