• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

युएनएचसिआरमा भारतको समर्थन पाकिस्तानलाई


  •    संवाददाता/ बिहिबार, असार २८, २०८०  

  • भारतले संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयाेग (युएनएचसिआर) मा पाकिस्तानलाई समर्थन गरेको छ। स्विडेनमा कुरान जलाएको विरोधमा पाकिस्तानले युएनएचसिआरमा एउटा प्रस्ताव राखेको थियो। यसमा भारतले पाकिस्तानको समर्थनमा भोट गरेको हो।

    सबै इस्लामिक देशसहित युरोपेली संघ, पोप फ्रान्सिस र स्वयं स्विडेनले यो घटनाको निन्दा गरेको थियो। पाकिस्तानले कुरा जलाइएको घटनाविरुद्ध कडा कारबाहीको माग गर्दै प्रस्ताव पेस गरेको थियो। यद्यपि अमेरिका र युरोपेली संघसहित थुप्रै पश्चिमा देशले अभिव्यक्ति स्वतन्त्रताको हवाला दिँदै उक्त प्रस्तावको विरुद्धमा भोट गरेका थिए।

    ४७ मध्ये १२ सदस्यद्वारा प्रस्तावको विरोध

    युएनएचसिआरमा कुल ४७ सदस्य छन्। यसमा अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) का १९ देश सहभागी छन्। यी सबैले पाकिस्तानको प्रस्तावको समर्थन गरेका छन्। पाकिस्तानले युएनएचसिआरमा यो प्रस्ताव ओआइसी देशको अनुरोधमा लगेको थियो। समर्थन गर्नेमा चीनसमेत रहेको छ। नेपालसहित अन्य सात देश भने तटस्थ बसेका छन्।

    युएनएचसिआरमा प्रस्तावमाथि बहस गर्दै इस्लामिक देशले कुरान जलाउनुले घृणा फैलाउने दाबी गरेका थिए। अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्ता खालका घटनालाई प्रोत्साहन गर्न नसकिने उनीहरुको भनाइ थियो। प्रस्ताविरुद्ध भोट गर्नेमा बेलायत, बेल्जियम, जर्मनी, रोमानिया, लिथुआनिया, कोस्टारिका र फिनल्यान्ड छन्।

    स्विडेनमा इदमा जलाइएको थियो कुरान

    स्विडेनमा ईद अल अजहाको अवसर पारी स्कटहोमको एउटा मस्जिदबाहिर एक व्यक्तिले कुरान जलाएर प्रदर्शन गरेका थिए। यसका लागि उसलाई स्विडेन सरकारको अनुमति प्राप्त थियो। समाचार संस्था सिएनएनका अनुसार अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत एक दिनका लागि प्रदर्शन गर्न अनुमति दिइएको थियो। यो कार्यमा एक जना व्यक्ति अनुवादकसहित सहभागी भएका थिए।

    प्रदर्शन गर्ने व्यक्तिले कुरानका केही पाना च्यातेर त्यसमा आगो लगाएका थिए। त्यसपछि उनले स्विडेनको झन्डा फर्फराएका थिए। यो विरोधलाई नजिकबाट हेरिरहेका केहीले पक्ष र केहीले विपक्षमा नाराबाजीसमेत गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.