काठमाडौँ महानगरले आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई व्रिफिङ् गरेकाे छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक व्रिफिङ् गरेको जनाएकाे छ । यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरुलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो ।
‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारवाही गरेको जस्ता विषयमा गुनासा आएका छन् । सामान पोखिने गरी कारवाही नगर्नू ।’ व्रिफिङका क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने ।
नागरिकसँग आदरार्थी शव्दको प्रयोग गरेर बोल्नु ‘कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश सृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी भएकाेले यसलाई पालना गर्नु भन्ने पाण्डेको भनाइ थियो ।