• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चोरी आरोप स्वीकार गर्न दबाब दिएर प्रहरीले यातना दिएको आरोप


  •    संवाददाता/ बुधबार, असार २७, २०८०  

  • १६ वर्षीय बालकलाई चोरी आरोप स्वीकार गर्न दबाब दिएर हिरासत कक्षमा प्रहरीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । सुनसरीकाे हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका ती बालकलाइ चोरी आरोप स्वीकार गर्न दबाब दिएर कुटपिट गरिएकाे बताइएकाे छ ।

    मोटरसाइकलको पार्टपूर्जा चोरी गरेको आरोपमा प्रहरीले बालकलाई  असार २५ गते गिरफ्तार गरेको र सोही दिन हिरासत कक्षमा चोरी आरोप स्वीकार गर्न दबाब दिएर यातना दिएको पीडित पक्षको आरोप छ ।

    प्रहरीको कुटपिटबाट छोराको शरीरमा निलडाम र चोट देखिएको बालककी ३९ वर्षीय आमाले  बताउनु भयो ।

    चोरी आरोप पुष्टि हुन नसकेपछि बालकलाई असार २५ गते नै छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले बताउनु भयो ।

    घटनाको विरोधमा पीडित पक्षले असार २६ गते जिल्ला प्रहरी कार्यालय घेराउ र पूर्वपश्चिम लोकमार्गको इनरूवा सडक खण्ड अवरूद्ध पारेपछि प्रहरीले कुटपिट घटनाको छानविन गर्ने भएको छ ।

    डिएसपी राजकुमार राईले हिरासतमा कुटपिट भएको विषयमा छानविन गर्ने भएपछि पीडित पक्षले आन्दोलन रोकेको छ ।

    पत्रकार लुकमान अञ्सारीले प्रहरीले हिरासतमा यातना दिएपछि पीडित पक्षले प्रहरीविरूद्ध नारावाजी गरेको बताउनु भयो ।

    अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा बालक भाग्ने क्रममा लडेर घाइते भएको प्रहरीको भनाइ छ ।

    यातनाबाट घाइते भएका बालकको असार २५ गते इनरूवामा रहेको एक क्लिनिकमा उपचार गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.