नक्कली नोटसहित नवलपरासी (पूर्व) एक युवक पक्राउ परेका छन् । जिल्लाकाे मध्यबिन्दु नगरपालिका-८ फुलबारीबाट नक्कली जस्तो देखिने नेपाली १ हजार दरको ७ थान, ५ सय दरको २८ थान, १ सय दरको ५२ थान, ५० दरको ३४ थानसहित रूपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ३९ वर्षीय कर्मुल्लाह जोलाह महमदलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनकाे साथबाट २० दरको ५ थान, १० दरको २ थान, अमेरिकी डलर ५० दरको २६ थान, भारतीय रुपैयाँ २ सय दरको ३ थान, १ सय दरको ४ थान र २० दरको १ थान पनि फेला परेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले लु.८२ प ३९९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक महमदलाई उक्त नक्कली जस्तो देखिने नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।