• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बर्खा लागेसँगै भयावह बन्दै डेंगु


  •    संवाददाता/ मङ्गलबार, असार २६, २०८०  

  • पछिल्लो चार महिनामा एक हजार एक सय ९२ जना सङ्क्रमित र एक जनाको मृत्यु भएसँगै डेंगुको संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिनुभएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगुको संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराउनुभयो । डेंगु सङक्रमणको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘असार २३ गतेसम्म एक हजार एक सय ९२ जनामा डेंगु संक्रमण देखिएको छ । महामारी जतिबेला पनि फैलिन सक्छ । महामारी फैलिन नदिन हामी सबैले डेंगु नियन्त्रण र रोकथामका लागि प्रयास बढाउनुपर्छ ।’

    डा. मरासिनीका अनुसार तथ्याङ्कमा समावेश हुन नसकेका सङ्क्रमितको संख्या धेरै छ । ‘हाम्रो रेकर्डमा धेरै रिपोर्टिङ भएको छैन । लक्षण नदेखिएका बिरामी बाहेक निजी अस्पताल वा स्वास्थ्य संस्थामा जाने बिरामीको संख्या तथ्याङ्कमा समावेश हुन सकेको छैन । त्यसकारण पनि संक्रमित संख्या तथ्याङ्कमा भन्दा धेरै भएको हाम्रो आकलन हो,’ उहाँले भन्नुभयो ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेंगु नियन्त्रणका लागि सहकार्य गरिरहेको बताउनुभयो । उहाँले डेंगुको संक्रमण बढ्दै गए पनि सामान्य दैनिकीमा ख्याल गर्दा यसको जोखिम कम हुने बताउनुभयो । घर होस् वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।

    एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ ।

    डेंगुको संक्रमणको अवस्था

    विसं २०६१ मा पहिलो पटक डेंगु देखापरेको थियो । त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ । सन् २०१० मा पहिलो पटक नौ सय १७ जनामा डेंगुको संक्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७ हजार नौ सय ९२ सङ्क्रमित र छ जनाको मृत्यु भएको थियो । गत वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ डेंगुका बिरामी देखिएका थिए । सङ्क्रमितमध्ये ८८ जनाको मृत्यु भएको थियो । बागमती प्रदेशमा ७७ प्रतिशत डेंगुका बिरामी भेटिएका थिए । त्यसमा पनि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै ५६ प्रतिशत डेंगु सङ्क्रमित रहेको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले देखाएको छ ।

    डेंगुको लक्षण र उपचार

    वरिष्ठ कन्सलटेन्ट डा विमल चालिसेका अनुसार डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । उहाँका अनुसार आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ । उहाँले डेंगु संक्रमण भएका ८० प्रतिशतलाई लक्षण नदेखिने र पाँच प्रतिशत गम्भीर बिरामी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “डेंगुको कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिन्छ । पारासिटामोलको प्रयोग गर्ने भए पनि आइब्रुफेन र एस्पिरिन जस्ता औषधिको प्रयोग गर्न हुँदैन ।” गम्भीर डेङ्गुका बिरामीलाई तत्कालै अस्पताल भर्ना गर्न उहाँले सुझाव दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    ताजा अपडेट
    • एमालेले आजलाई गुण्डुमा सचिवालय बैठक डाके
    • नयाँको भ्रम र एजेन्डाको वास्तविकता: नेपाली राजनीतिको एउटा निर्मम समीक्षा
    • नेपालमा फासिवादी प्रवृत्तिको संकेत? राष्ट्रवाद र नेताकेन्द्रित राजनीतिमाथि बहस
    • आज २०८२ फागुन ३० गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.