• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, माघ ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फोटो कलाकारितामा ६५ वर्ष


  •    संवाददाता/ मङ्गलबार, असार २६, २०८०  

    • रवीन्द्र माकाजू । मान्छेका रहर कस्ता कस्ता हुन्छन् भन्ने प्रश्नको उत्तरमा एक उदाहरण बनेका छन् ८० वर्षिय फोटोग्राफर शम्भुरत्न शाक्य । १६ वर्षको कलिलो उमेर देखि आजसम्म यही फोटो पेशा, व्यवसायमा संलग्न छन् शाक्य । उनले सञ्चालन गरेको ओरियन्ट फोटो हाउसले ६० वर्ष पूरा गरेको छ ।

    उनी अझै थाकेका छैनन् । लाग्छ– उनी मृत्युले नसमातेसम्म यही पेशामा सक्रिय हुन चाहन्छन् । साथमा क्यामेरा बोक्छन् – कतै बाटोमा मनपरेको दृश्य देख्नासाथ क्यामेरामा कैद गरिहाल्छन् ।

    उनले आफ्नो शुरुवाती दिनको सम्झना गर्दै भने– मेरो घर अगाडि खेमनारायण श्रेष्ठको फोटो पसल थियो । मैले उनीसँग नै यो व्यवसाय सिकें । उनीसँगै २०१६ सालबाट फोटो खिच्न थालें । पछि पृथ्वीनारायण कलेजका प्रिन्सिपल जर्ज जोनले मलाई फोटो स्टुडियो खोल्न पे्ररणा दिए । त्यसबेला कलेजमा भर्ना हुन पासपोर्ट साइजको फोटो राख्नुपर्दथ्यो । २०२१ सालमा मैले विधिवत रूपमा ओरियण्ट फोटो हाउस सञ्चालन गरें ।

    फोटो हाउस खोलेको केही समय पछि पोखरामा फोटोग्राफर संघ गठन गरी आफू स्वयं अध्यक्ष बनेर संस्थागत रूपमा केही कामको थालनी गरे । उनी आफूभन्दा माथिको अग्रज फोटोग्राफरलाई सम्मान गर्न पछि पर्दैनन् र भन्दछन्– वास्तवमा पोखराका फोटोग्राफरहरूको इतिहास त्यति लामो नभएपनि हामीले जगन्नाथ उलक, भेषरत्न शाक्य, कृष्णकुमार वैद्य, खेमनारायण श्रेष्ठको योगदानलाई जीवन्त राख्न सक्नुपर्छ ।

    पहिला पहिला फोटोग्राफरहरूको ठूलो महत्व थियो । सबैका हातमा क्यामेरा हुँदैनथ्यो । दरबारबाट फोटो खिच्न बोलाउँथे । मैले राजा महेन्द्रले बालमन्दिर उद्घाटन गरेको फोटो संभवत २०२५ सालमा खिचेको थिएँ । पछि राजा वीरेन्द्र पोखरा भ्रमणमा आउँदा केही ऐतिहासिक फोटोहरू अझै सुरक्षित राखेको पनि छु उनले ती पुराना दिन कोट्याउँदै भने ।

    समयको गति सँगै अहिले क्यामेराको युग हराएको छ । सामाजिक सञ्जालमा थरिथरिका फोटो हेर्न पाइन्छ । कतिले फोटो स्टुडियो पसल बन्द गर्दै अन्य विकल्प खोजेको प्रसङ्ग कोट्याउँदै भने– मैले यस्तो विषम परिस्थितिमा पनि विशुद्ध रूपमा फोटोग्राफर पेशा नै अपनाएको छु । यही पेशाबाट जीवन निर्वाह पनि गरेको छु ।

    यति लामो पेशा सञ्चालन गरी कही कतैबाट पुरस्कारमा सम्मानको व्यवस्था पनि भयो कि भन्ने प्रश्नमा उनले भने– मलाई फोटोग्राफर संघको संस्थापक अध्यक्षका नाताले उक्त संघले सम्मानपत्र दिएको छ । अरू निकायको भने ध्यान गएको छैन ।
    एउटा व्यवसायिक फर्म ६० वर्षसम्म निरन्तर सञ्चालन हुनु कम चानचुने विषय हो त भन्ने प्रश्नमा उनले उत्तर दिए– यसको जवाफ मैले भन्दा पोखरा उद्योग वाणिज्य संघ जस्ता संस्थाले दिँदा झनै राम्रो हुन्छ कि ?

    वि.सं. २००० सालमा पोखराको तेर्सापट्टीाम जन्मिएका शम्भुरत्न शाक्य ११ वर्षको उमेरमा पोखरा पब्लिक स्कुलमा एकैपटक ३ कक्षामा भर्ना भएका थिए । विभिन्न उतारचढाव बिच उनले २०२० सालमा एस.एल.सी परीक्षा दिए । पास भै पृथ्वीनारायण कलेज पढे । त्यतिबेला उनलाई ठाउँ ठाउँबाट राम्रा जागिरको अफर पनि आयो । उनले सोचे– म स्वावलम्बी बन्नका लागि आफ्नै स्वतन्त्र व्यवसाय गर्छु । उनले २०२१ सालमा खोलेको ओरियन्ट फोटो हाउस अझैसम्म पनि चलेको छ । उनले धेरैको फोटो खिचे । धेरैको सेवा गरे । धेरैका नजरमा उनी वरीष्ठ फोटोग्राफर हुन् । उनले फोटोका माध्यमबाट पोखराको प्रचार प्रसार गरेका छन् । यस अर्थमा उनको योगदान पनि कम महत्वपूर्ण छैन ।

    शाक्य पोखराका एक संस्कृतिकर्मी पनि हुन् । उनले पोखरामा निकालिने बाघजात्रामा राजाको भूमिका पनि खेलेका थिए । उनले पोखरामा प्रदर्शन हुने गाईजात्रा, भैरवजात्रा आदि जात्रापर्वमा सहभागी हुन्छन् । उनको फोटो स्टुडियोमा पोखराका प्राय सबै पुराना फोटोहरू देख्न पाइन्छ । वास्तवमा उनी पोखराका एक वरीष्ठ कलाकर्मी पनि हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.