गएकाे बुधबार राति साढे १० बजेतिर विराटनगर – ६ बस्ने साइकल चालक २७ वर्षीय पवन साहमाथि मुक्का प्रहार गरी कुटपिट गरेकाे आराेपमा एक जना पक्राउ परेका छन्। विराटनगर – ४ स्थित दूधफारममा साइकल चालकमाथि तीनजना युवकहरुले कुटपिट गरेको भिडियाे भाइरल भएकाे थियाे । ती तीनजना युवक मध्ये एक जना पक्राउ परे प्रहरीले जानकारी दिएकाे छ ।
विपरीत दिशाबाट जाँदै गरेको बा१५च ३४४५ नम्बरको कारमा सवार १९ वर्षीय आयुष भेटुवाल, १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्की समेत गरी तीन जनाले कारबाट झरेर साहमाथि मुक्का प्रहार गरी लडाइ घिसारेर घाइते बनाएका थिए।
तीमध्ये आयुष भेटुवाललाई भने प्रहरीले गत बिहीबारै पक्राउ गरेको हो। उनीमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानूनी कारबाही अगाडी बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न रही फरार भएका अन्य दुई जनाको खोजतलास गरिरहेको छ।