• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

न्याय माग्दै आरतीका आफन्त २५ दिनदेखि माइतिघरमा रिले अनशनमा


  •    संवाददाता/ मङ्गलबार, असार २६, २०८०  

  • तस्वीरः विमल पौडेल ।

    दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरीको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै धनुषाको नगराइन-८, खिरखिरियाका ४७ वर्षीय विनोदप्रसाद साह उहाँकी पत्नी निर्मला देवी र आफन्त सहित ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसेका छन् । जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी २३ वर्षीया आरती साह ०८० जेठ ७ गते मृत अवस्थामा आफ्नो घरमा फेला परेकी थिइन् ।

    आरतीका बुबा विनोदप्रसाद साहका अनुसार गत वैशाखमा आफ्ना पति मोतिबाबु साह र ससुरा मदन मोहन साहले दाइजो माग्दै कुटपिट गरेको भन्दै आरातिले फोन गरेर माइत आउनुभएको थियो । आरती माइत आएर बसेपछि उहाँकी पति मोतिबाबु अब आइन्दा पत्नीलाई दुख नदिने भनेर वैशाख अन्तिम साता उहाँलाई माइतिबाट लगेर जानुभएको थियो ।

    विनोदप्रसादका अनुसार आरती माइतिबाट गएपछि जेठ ७ गते उहाँका सम्धी मदनमोहनले आरती बेहोस भएर जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेको भन्दै फोन गरेका थिए ।

    सम्धीको फोन आइसकेपछि आफूले जनकपुरमै रहनुभएकी कान्छी छोरी मनिषालाई फोन गरेर अस्पताल जान भनेको र पछि आफू र पत्नी निर्मला अस्पताल पुग्दा आरतीको मृत्यु भइसकेको जानकारी विनोदप्रसादले बताउनु भयो ।

    विनोदका अनुसार काव्या अस्पतालले आफ्नो रिपोर्टमा आरतीलाई अस्पतालमा ल्याउनु पूर्व नै उहाँको मृत्यु भइसकेको उल्लेख गरेको छ । सोही अस्पतालले परिवारका सदस्यसँगको मिलेमतोमा आफ्नो रिपोर्टमा आत्महत्या गरेको लेखिदिएको आरतीका बुबा विनोदको भनाई छ ।

    माइति पक्षले आरतीका पति, ससुरा, सासु र देवरविरूद्ध कर्तब्य ज्यान मुद्दामा जाहेरी दिन खोज्दा प्रहरीले पोष्टमार्टम रिपोर्ट नआउँदै आत्महत्या दुरुत्साहनमा जाहेरी दिन बल गरेको मृतक आरतीका मामा सन्तोषकुमार साहले बताउनु भयो ।

    सन्तोषका अनुसार ०८० जेठ ८ गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको आरती झुण्डिएको र त्यो आत्महत्या हुन सक्ने उल्लेख गरेको छ । रिपोर्टमा घटना २४ देखि ३६ घण्टा अगाडिको भनेको र शवको गालाको भित्री भागसम्म पनि चोट भएको उल्लेख छ । पोष्टमार्टम रिपोर्टमा गाममा गम्भीर चोट देखिएको, अस्पतालले घटना २४ देखि ३६ घण्टा अगाडिको भनेको तर केटा पक्षले असार ७ गते बेलुकी झुण्डिएको भेटेको भनेपछि माइति पक्षले आरतीको कुटपिटबाट हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिन खोज्दा समेत प्रहरीले दर्ता गर्न मानेनन् ।

    सन्तोषकुमारले जिल्ला प्रहरी कार्यालय, धनुषाले पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाउने बेला प्रहरीले आरती साहको शव प्रकृति मुचुल्का तयार गरी सुन्दर यादवको नाम राखेर शव दिएको थियो । शवको मुचुल्का परिवारलाई बुझाउँदा नाम नै फरक राखेर दिएकाले घटना सामसुम पार्न पीडक परिवारसँग प्रहरीको मिलेमतो रहेको उहाँले आरोप लगाउनु भयो ।

    सन्तोषले भन्नुभयो, ‘माइति पक्षको बयान तयार पारेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, धनुषामा पठाउनका लागि जेठ ३२ गते बोलाएको थियो, बयानको कागजमा आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने उल्लेख भएको र उक्त बयान सच्याएर हत्या उल्लेख गर्नभन्दा प्रहरीले पीडित परिवारलाई निर्घात कुटपिट गर्‍यो ।’

    प्रहरी कुटपिटबाट घाइते भएकी आरतीकी बहिनी मनिषाले प्रहरीले तयार गरेको बयान आफूहरूले भने अनुसार सच्याउनु पर्ने बताउँदा डिएसपी वेदप्रसाद गौतमले आफूलाई घाँटीमा समातेर न्याक्दै कुटपिट गरेको बताउनु भयो ।

    मनिषाले डिएसपी गौतम र उहाँका सुरक्षाकर्मीले आफू, मामा, भाइ, आमा र बुबा लगायतलाई कुटपिट गरेको र खुट्टा ढोग्न लगाएर राती भएपछि मात्र प्रहरीले छाडेको उल्लेख गर्नुभयो ।

    कुटपिटबाट घाइते भएपछि सोही राती आफूहरू प्रादेशिक अस्पताल, जनकपुरमा उपचार गर्न गएको र अस्पतालको रिपोर्ट समेत आफूहरूसँग सुरक्षित रहेको मनिषाले बताउनु भयो ।

    घटनापछि आफूहरू प्रहरीले हत्यारालाई जोगाउन खोजेको आशङ्का गर्दै धर्ना बस्ने निर्णय गरेर काठमाडौँ आएका मृतक आरतीका मामा सन्तोषकुमारले जानकारी दिनुभयो ।

    उहाँले परिवारलाई कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डिएसपी वेदप्रसाद गौतमलाई तत्काल निलम्बन गरी कारवाही गर्नु पर्ने, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारवाही गर्नुपर्ने, हत्याको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) द्वारा अनुसन्धान गरिनु पर्ने लगायत आफूहरूको माग रहेको उल्लेख गर्नुभयो ।

    आरतीको शङ्कास्पद मृत्यु प्रकरणमा धनुषा प्रहरीले अनुसन्धान गरेर मुद्दा जिल्ला अदालतमा पुर्‍याएको छ । उक्त मुद्दामा ०८० असार ५ गते जिल्ला अदालत, धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ । तस्वीरः विमल पौडेल ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.