माल्टा पठाउने भनी ठगेकाे आराेपमा एक युवतीलाइ नेपाल प्रहरीले साेमबार काठमाण्डाैमा पक्राउ गरेकाे छ । गोरखाकाे पालुङटार नगरपालिका ५ स्थायी घर भई हाल काठमाण्डाैकाे तार्केश्वर नगरपालिका फुटुङ बस्ने वर्ष २९ को सुष्मा तामाङ पक्राउ परेकी हुन् ।
संजय गिरीलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी रु. ५ लाख ८५ हजार रुपैयाँ लिएर ती युवती सम्पर्कविहिन भएकी थिइन् ।
रकम लिएर ठगी गरेकाे अभियाेगमा काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाइ पक्राउ गरेकाे जनाएकाे छ ।
तामाङलाई प्रहरी टोलीले पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाईएको पनि जनाइएकाे छ ।