संसद्को अवरोध खुलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार पनि छलफल भएको छ ।
तीन दलका शीर्ष नेताहरु बीच संसद्को अवरोध हटाउने विषयमा आइतबार समझदारी बनेको थियाे। त्यसपछि नै ससदकाे बैठक सूचना प्रकाशित गरे सोमबार दिउँसो ३ बजेका लागि सारिएको थियाे ।
तर आइतबार बनेकाे समझदारीबारे केही बरेमा नै पुनः समस्या उत्पन्न भएपछि ससदकाे अवराेध बारे थप प्रष्ट हुन सकेकाे छैन ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले ५ दिनदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको छ । असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ।







