• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, कार्तिक २५, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बीबीसीका प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप


  •    संवाददाता/ सोमबार, असार २५, २०८०  

  • बीबीसीका एक कार्यक्रम प्रस्तोतामाथि अश्लील तस्बिरका लागि किशोरीलाई पैसा दिएको आरोप लागेको छ । प्रस्तोताले किशोरीलाई ३५ हजार पाउन्ड भुक्तानी गरेको भन्ने आरोपमा बीबीसीले आफू प्रहरीको सम्पर्कमा भएको बताएको छ ।

    सत्य तथ्य पत्ता लगाउन द्रुत गतिमा काम गरिरहेको र आरोप लागेका प्रस्तोतालाई तत्काल निलम्बन गरिएको बीबीसीले बताएको छ । तर, प्रस्तोताको परिचय भने सार्वजनिक गरिएको छैन ।

    शुक्रबार ‘द सन’ पत्रिकाले यसबारे पहिलो पटक प्रतिवेदन प्रकाशित गरेको थियो । प्रहरीले यसबारे बीबीसी आफ्नो सम्पर्कमा भएको र यस विषयमा अहिलेसम्म औपचारिक उजुरी नआएको बताएको छ ।

    बीबीसी न्युजका अनुसार सोमबार यसबारे छलफल गर्नका लागि कर्पोरेसनले महानगरीय प्रहरीलाई भेट्न लागेको छ । यद्यपि, बीबीसी र द सन दुवैले प्रस्तोताको पहिचान उजागर गरेको छैन ।

    आइतबारको अर्को रिपोर्टमा द सनले दाबी गरे अनुसार समाचार बाहिर आएपछि प्रस्तोताले आत्तिँदै किशोरीलाई दुई पटक फोन गरे । त्यसपछि उनले सोधे, ‘तिमीले के गरेको यस्तो ?’ यति मात्रै होइन, प्रस्तोताले किशोरीलाई आफ्नी आमालाई तुरुन्त अनुसन्धान रोक्न भनिदिन भने ।

    यसअघि बीबीसीले आइतबार जारी गरेको विज्ञप्तिमा यथासम्भव चाँडोभन्दा चाँडो तथ्य सार्वजनिक गर्न काम गरिरहेको बताएको थियो ।

    बीबीसीले यो कुरा पहिलो पटक मे महिनामा थाहा पाएको पनि बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार आएका आरोप नयाँ हुन् र हाम्रो प्रोटोकल अनुसार आन्तरिक तहमा अनुसन्धानका साथै बाहिरका अधिकारीहरूसँग पनि सम्पर्कमा छौँ ।’

    तर, द सनको रिपोर्टमा बीबीसीको पछिल्लो बयानबाट किशोरको परिवार असन्तुष्ट रहेको बताइएको छ ।

    यसका अनुसार ‘प्रारम्भिक उजुरी पछि, बीबीसीबाट कसैले पनि उनलाई अन्तर्वार्ताको लागि सम्पर्क गरेन ।’

    बीबीसी संस्कृति सम्पादक केटी रज्जलले भनिन्, ‘हामीलाई आरोपको सत्यताबारे थाहा छैन ।’

    बीबीसीले आगामी दिनमा यस विषयमा थप जानकारी दिने स्थितिमा हुने पनि जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
    ताजा अपडेट
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
    • आर्वा स्थित श्री अमरज्योति आधारभुत विद्यालय, अमलाचौरमा स्वर्ण जयन्तीको अवसर पारेर महायज्ञ गरिने
    • पुष्पलाल र प्रचण्ड : नेपाली कम्युनिष्ट आन्दोलनका युग पुरुष

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.