• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पृथ्वी राजमार्गकाे मापदण्ड खाली गर्न चल्याे महानगरकाे डाेजर


  •    संवाददाता/ सोमबार, असार २५, २०८०  

  • पृथ्वी राजमार्गकाे मापदण्डमा रहेका स‌‌रचना हटाएर खाली गर्न  पाेखरा महानगर पालिकाले डाेजर  चलाएकाे छ ।  पोखराको पृथ्वीचोकदेखि विजयपुर पुलसम्म “राइट अफ वे” मा परेका संरचना साेमबार महानगरले  डाेजर लगाएर हटाउन शुरु गरेकाे हाे ।

    महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा सडक विभागका प्रतिनिधि र नगर प्रहरीसहितको टोलीले सडक मापदण्डभित्र पर्ने संरचना हटाएको हो ।

    महानगरले सार्वजनिक सूचना जारी गरी सोमबारदेखि सो सडक खण्डको दायाँबायाँ रहेका अवैध संरचना हटाउन शुरु गरेको हो। सो क्षेत्रको दूरी १०.६ किलोमिटर रहेको छ। पृथ्वी राजमार्गको स्तरोन्नतिको लागि अवैध संरचना हटाउनुपर्ने भएकाले सो क्षेत्रमा डोजर चलाइएको पोखरामा मेयर धनराज आचार्यले बताए।

    पोखरा मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत पोखरा पृथ्वीचोकदेखि कोत्रेसम्मको पृथ्वी राजमार्गको दायाँ बायाँभित्र रहेका निर्मित संरचना तथा सवारी साधनहरू लगायत अन्य सामाग्रीहरू हटाउने कार्य अन्तर्गत पहिलो चरणमा पृथ्वीचो देखि विजयपुरसम्मको क्षेत्र खाली गराउने कार्य सुरु गरिएको हाे ।

    मापदण्ड भित्र रहेका संरचना हटाइएको छ भने लामो समयदेखि डम्प गरेर राखिएका पुराना सवारी साधन तथा ग्यारेजहरू समेत विस्थापन गरिएको छ । हटाउनका लागि पाेखरा महानगरपालिकाले गरेको आग्रहलाई अटेर गरेपछि केही सवारीहरू महानगरले नियन्त्रणमा लिएको जनाइएकाे छ ।
    यो राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ । सडकको बिच भागबाट २३/२३ मिटर दायाँ–बायाँका संरचनामा डोजर चलाइएको हो ।
    महानगरले पटक पटक सडकको राइट अफ वे खाली गर्न सूचना दिएको थियो । सडक मापदण्डभित्र पर्ने स्थायी संरचना भने मुआब्जा वितरणपछि भत्काउन थालिनेछ । आयोजना अन्तर्गत पोखरा महानगरभित्र १७० घर भत्काउनु पर्नेछ । जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण सकिएकोमा ८४ जनाले मुआब्जा बुझेका छन् ।
    सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.