• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाेखरा न्यूराेडकाे सडकमा बाह्रै महिना फुल्ने बिरुवा !


  •    संवाददाता/ सोमबार, असार २५, २०८०  

  • पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्युरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य शुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको शुरुवात गरेका छन् ।

    स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताएका छन्। उनका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइने छन् ।

    “विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन”, प्रमुख आचार्यले भने, “बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ, अव कसैलाई छुट दिइने छैन । त्यस कारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सवैमा अनुरोध गर्दछु ।” यसलाई परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको र यो राम्रो हुँदै गए अन्य स्थानहरूमा लगाइने उनले बताएका छन् ।

    पोखरादेखि कोत्रेसम्मको पृथ्वी राजमार्गमा पोखराको पहिचानको रूपमा रहेको लालुपाते फुल रोपिने भएकाे छ । पोखरालाई फुलैफुलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन गर्न लागिएकाे बताइएकाे छ।

    घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताउनु भएकाे छ । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्छ ।

    यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो । यो बिरुवा १५/१५ इन्चको फरकमा लगाउनु पर्छ ।

    उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगिसकेकाे महानगरले जनाएकाे छ । अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.