• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एकल महिलाको कथामा बनेकाे चलचित्र ‘बगान’


  •    संवाददाता/ सोमबार, असार २५, २०८०  

  • पोखरा । आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको सुनाए ।
    ‘बगान एकल महिलाको कथा हो । हाम्रो समाज पितृसतात्मक समाज हो । अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । बगानमा यस्तै सामाजिक विषयलाई उठाएका छौं ।’, उनले भने ।

    एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको भनाई उनको छ । खनालले समाजमा पछाडि परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित सिनेमा निर्माण गरिएको जनाए ।

    ‘४० वर्ष भयो म सिनेमा क्षेत्रमा लागेको । एकल महिलालाई हिजो हाम्रो समाजले जुन रुपले हेथ्र्यो आज पनि उस्तै छ जस्तो लाग्छ । एकल महिलालाई पनि यो समाजमा जिउने अधिकार छ । उनीहरुका पनि आफ्ना समस्या छन् । जसलाई बगान मार्फत उठाउने प्रयास गरिएको छ ।’, उनले भने ।
    खनालले समाज परिवर्तनका लागि बुबा भन्दा आमा शिक्षित हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । करिश्मा मानन्धरको जीवनी बगानको कथासँग मिल्ने भएकाले मुख्य भूमिकामा राखिएको उनले बताए ।

    उनले बगानको कथा नयाँ भएको दाबी गरेका छन् । ‘करिश्माजीले हालसम्म दुई सय भन्दा बढी सिनेमामा अभिनय गर्नुभयो होला । ती सबै सिनेमामा उहाँ नायिकाको भूमिकामा मात्रै सिमित रहनुभयो । तर बगानमा करिश्मा जी नै मुख्य भूमिकामा हुनुहुन्छ । यो नै दर्शककाका लागि रोचक र नयाँ लाग्न सक्छ ।’, उनले भने । नायिकालाई शो पिसका रुपमा मात्र हेर्न नहुने धारणा उनको छ ।

    अभिनेत्री करिश्मा मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन् । उनले बगान समाजको ऐना भएको बताइन् । ‘बगान समाजको ऐना हो । एकल महिलाले भोग्नुपरेका पीडा लाई उजागर गर्न सिनेमाले मदत पुर्याएको छ । समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी सिनेमा निर्माण भएको छ ।’, उनले भनिन् ।

    पोखराका दर्शकले आफु र आफ्ना सिनेमालाई सदैव माया गरेको र बगानलाई समेत माया गर्नेमा आशावादी रहेको उनले बताइन् । बगानबाट नै डेब्यू गरेकी अभिनेत्री प्रमिला कार्कीले श्रीमानले लगानी गरेको भएर आफु सिनेमामा नआएको प्रष्ट पारिन् ।

    केही समयको मोफसल दौड पश्चात बगान टीमले बुधबार काठमाडौंमा प्रिमियर गर्दैछ । बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । सुरेश वाग्ले बगानका निर्माता हुन् । सिनेमाको यसअघि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.