प्रतिनिधिसभाकाे बैठक सोमबार बस्ने भएको छ । यसअघि आइतबार (आज) दिउँसो १ बजे बस्ने भनिएको बैठक ३ बजेलाई सारिएको थियो ।
अब ३ बजे पनि नबसेर सोमबार दिउँसो ३ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले ४ दिनदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको छ । असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ।
आज तीन दलका शीर्ष नेताहरु बीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको थियाे।
प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको हाे।