नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, २० वर्षीया भावना गुरुङ र धादिङकी २३ वर्षीया सविना आले छन् ।
त्यस्तै अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको प्रहरीले जनाएकाे छ ।
शनिबार ९ बजेदेखि साढे ११ बजेसम्म बनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नसिंङ काउन्सिलको नाम दर्ता परीक्षामा उनीहरुले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेका थिए ।
त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए । प्रहरीले परीक्षार्थीका मोबाइल पनि बरामद गरेको छ ।







