मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिण स्थानतर्फ अवस्थित रहेको जनाएको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशका कतिपय स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा र हुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।