• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन ३०, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पश्चिमाको एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित

"पश्चिमाको एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, असार १९, २०८०  

  • चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरिएको हो ।

    नयाँ विदेश नीतिका ६ भाग रहेका छन् । ग्लोबल टाइम्सका अनुसार पहिलोमा चिनियाँ विदेश नीतिको आधारभूत सिद्धान्त  छ । दोस्रोमा कुटनीतिक सम्बन्धका लागि विशेष प्रावधानहरू समावेश छन् । तेस्रो भागमा कुटनीतिक सम्बन्ध विकासका उद्देश्य र कार्यहरू समावेश छन् । चौथो भागमा विदेश नीति सम्बन्धमा कानुनी प्रावधान छन् । पाचौँमा वैदेशिक सम्बन्ध विस्तारमा क्षमता विस्तारको प्रावधान छ । छैठौँमा निष्कर्ष खण्ड रहेको छ ।

    चिनियाँ नीतिका जानकारहरूका अनुसार यो नीतिमार्फत चीनले विदेश मामिला व्यवस्थापनको अन्तर्राष्ट्रिय विषय समेटेर राष्ट्रिय कानुन पनि संशोधन गरेको छ । यो नीतिमा विश्व व्यवस्थामा आएका नयाँ बहस र पहललाई पनि समावेश गरिएको छ भने चीनले यही नीतिमार्फत मुलुक र जनताको रक्षाको क्षमता विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको विज्ञहरूको मत छ ।

    गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनमा नयाँ परिस्थितिमा नयाँ विदेश नीतिको आवश्यकताबारे बहस भएको थियो । विद्यमान विदेश नीतिमा केही कमजोरी रहेको र चीनमाथि बाह्य घेराबन्दी बढेकाले त्यसलाई चिर्न नयाँ नीति अघि सारेको  प्राध्यापक ह्यु जेन्झिङ बताउँछन् । ‘हालैका वर्षमा बदलिँदो विश्व व्यवस्थामा चीनले नयाँ चुनौतीको सामना गरिरहेको छ । विद्यमान विदेश नीतिमा केही कमजोरी विस्तारै पटाक्षेप भएसँगै चीनले नयाँ विदेश नीति बनाएको हो’, उनले भने ।

    चीनको आन्तरिक मामिलामा पश्चिमाहरूको हस्तक्षेप बढ्न थालेकाले पनि त्यसको सामनाका लागि नयाँ नीति अघि सारेको ह्युको भनाइ छ । ‘चीनको आन्तरिक मामिलामा पश्चिमा हस्तक्षेप बढिरहेको समयमा त्यसलाई चिर्नका निम्ति चीनसँग प्रभावकारी संयन्त्र नभएको अवस्थामा उसले नयाँ नीति ल्याएको हो’, उनले भने ।

    यस्तै चीनको राष्ट्रिय स्वाधीनताको रक्षा, सामरिक तथा विकासका स्वार्थको रक्षाका लागि पनि कानुन नभएकाले चीनले यसको आवश्यकता महसुस गरेको विज्ञहरूको भनाइ छ । यस्तै पश्चिमाहरूले विभिन्न प्रतिबन्ध लगाउँदा पनि अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै समाधान नभएपछि चीनले आफ्नो घरेलु नीतिनै सुधार गरेको विज्ञहरूको बुझाइ छ । विदेश नीतिको प्रस्तावनाले पनि चिनियाँ स्वार्थ र चासोको रक्षाका निम्ति नीति बनाइएको उल्लेख छ ।

    जसमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र विदेश सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताको पालना गर्ने आधारमा, मुलुकले विदेश मामिलाका क्षेत्रमा कानुन र नियम कार्यान्वयन तथा प्रयोगलाई सबल बनाउनेछ ।  चीनको सार्वभौमसत्ता, सुरक्षा र विकाससम्बन्धी हितको रक्षाका साथै चिनियाँ नागरिक र संस्थाहरूको वैध अधिकार तथा हितको रक्षाका खातिर यस नीतिको कार्यान्वयन हुनेछ ।’

    अन्तर्राष्ट्रिय कानुन मिचेर चीनको सार्वभौमसत्ता तथा सुरक्षामा चुनौती कसैले दिएमा नयाँ नीति अनुसार चीनले जवाफी कारबाही गर्ने उल्लेख छ । ‘चीनले पहिलोपटक विदेश नीतिमा चिनियाँ कानुनको प्रयोग र उद्देश्यबारे जानकारी दिएको छ । यो नीतिले विदेशी मुलुक वा संस्थाहरूप्रति प्रतिबन्ध वा प्रतिबन्धात्मक उपायका सिद्धान्त तय गरेको छ’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ताजा अपडेट
    • नेपालमा गरिबीको अवस्था: प्रदेशगत विश्लेषण र समाधान
    •  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक
    • आज २०८२ फागुन २९ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • डिजिटल कृषक कार्ड कार्यान्वयन गर्दा निम्न लाभहरू प्राप्त हुन सक्छन्
    • पश्चिम एशियाको द्वन्द्वले आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.