• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू जेनेरेटर बिग्रिएपछि सरकारी सर्भर डाउन

" मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू जेनेरेटर बिग्रिएपछि सरकारी सर्भर डाउन "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, असार ०५, २०८०  

  • नेपाल सरकारका सबै वेबसाइटहरू चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट नखुलेपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेका छन् ।

    यही कारण त्रिभुवन विमानस्थलमा झण्डै २ घण्टा सेवा अबरुद्ध भएपछि विमानस्थल अध्यागमनले यात्रुको जाँचपास सेवा ‘म्यानुअल इन्ट्री’ गरेर गर्न सुरू गरेको छ । विमानस्थल अध्यागमनका प्रुमख रामबाबु सेवेदी बुधबार मात्रै यात्रुको डिटेल अनलाइनमा इन्ट्री गर्ने गरी सेवा दिन थालिएको बताउँछन् । ‘लामो लाइन लागेपछि र यात्रुको फ्लाइट नै छुट्ने भएपछि सर्भर कतिबेला चल्ला भनेर कुरेर नबस्ने निर्णय लियौं,’ उनले भने ।

    सरकारी सरकारी वेबसाइटहरु डाउन हुनुको कारण भने उदेकलाग्दो छ । सरकारी डेटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलका अनुसार सोमबार दिउँसोदेखि नै नेपाल विद्युत प्राधिकरणले सरकारी सर्भरका लागि बिजुली आपूर्ति गर्न सकेको छैन । सिंहदरबारस्थित सबस्टेसनमा प्राविधिक समस्या आएपछि सूचना प्रविधि केन्द्रमा लाइन नआएको उनले बताए ।

    तर, लाइन नभएपछि केन्द्रले डिजेलबाट चल्ने जेनेरटर चलाएर बिजुलीको व्यवस्था गरेको थियो । तर, साँझसम्म चलिरहेको जेनेरेटर तात्दै गयो र चल्न छाड्यो । योसँगै सरकारको डेटा सेन्टरमै विद्युत आपूर्ति पूर्णरुपमा बन्द भएर ‘सर्भर डाउन’ हुन पुगे ।

    ‘प्राधिकरणले अझैसम्म पनि समस्या समाधान गरेर लाइन दिएको छैन,’ पौडेलले भने,‘करिब एक मेगावाटको बिजुली खपत गर्ने जेनेरेटर घण्टौं चलिरहन सक्दैन, तातेपछि समस्या आएर बन्द भयो ।’  केन्द्रका अन्य अधिकारीहरुका अनुसार स्तरीय ‘कुलिङ सिस्टम’ नहुँदा जेनेरेटरमा समस्या देखिएको हो ।

    नेपाल विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख मनोज सिलवाल सिंहदरबारको सबस्टेसनको २ नम्बर फिडरमा दिउँसो एक्कासी ‘फल्ट’ आउँदा ब्रेकर पड्किएपछि सबस्टेसनमा आगलागी भएको बताउँछन् । त्यसका कारण सिंहदरबारमा लाइन आपूर्ति प्रभावित भएपछि अन्य कार्यालयका लागि वैकल्पिक माध्यमबाट बिजुली आपूर्ति गरिएपनि सूचना प्रविधि केन्द्रलाई बिजुली दिन नसकिएको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.