बालेनको निर्णयले काठमाडौंबाहिर प्रभाव नपर्ने भएकाले देशका अन्य स्थानमा भने निर्वाध रुपमा भारतीय फिल्म चलिरहेका छन् । काठमाडौं उपत्यकाभित्रकै ललितपुर र भक्तपुरमा पनि भारतीय फिल्ममाथि रोक लगाइएको छैन । ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताउँछन् ।
काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताए । आदिपुरुषले त्रुटि गर्यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको पनि उनको टिप्पणी छ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’
‘आदिपुरुष’ मा जानकीलाई भारतकी छोरी भनिएको संवाद सच्याइयो भने त्यो पर्याप्त हुने उनले बताए ।
‘त्यो मुभी चाहिँ बन्द होस । तर, अरू मुभी किन बन्द गर्नु ? उनले भने ।







