बुटवलको तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर वेपत्ता भएका थिए ।
परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
डुबेर मृत्यु ,तिनाउ नदि