• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु

"राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ ३०, २०८०  

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने  ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ ।

    साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ  घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१  जना यात्रु भैरहवा अवतरण भएका छन् ।

    नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले  विमानस्थलमा स्वागत गरेका छन् ।

    भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडने छ ।

    विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु  भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं ओर्लने छन् ।

    नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार, निगमले जेठ पहिलो साता मलेसिया-भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया-भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो । तर  अहिले मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको सहप्रवक्ता घिमिरेले भने ।May be an image of 3 people and aircraft

     

    मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

    निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताए । भारतले एअररुट अनुमति दिईहाले चाँडै मलेसिया-भैरहवा-दिल्ली–काठमाडौं उडान गर्ने योजना रहेको उनले बताए ।

    ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको  मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि  व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो ।

    May be an image of 1 person, aircraft and text

    जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।

    भैरहवा विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न-अराउण्ड उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालक दलका सदस्यहरु पनि हेरफेर हुँदैनन् ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , सुदन किराती

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.