• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तपाइको आजको राशिफल

"तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / सोमबार, जेठ २९, २०८०  

  • मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले  रहने भएकाले समय सामान्य रहन सक्छ। जागिरबाट उचित जस नमिल्न सक्छ। व्यवसाय सामान्य रहनेछ। लगानी तथा शेयर बजारको लागि आज राम्रो दिन छैन। साथीभाई तथा परिवारमा असमझदारी बढ्न सक्छ। अनावश्यक विवादमा नपर्दा राम्रो होला। पढाईमा अलिक ध्यान दिनुपर्ला।

    बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    वृष राशि भएकाहरूका लागि एकादश गोचरको चन्द्रमाको शुभ प्रभावले आज समय राम्रो रहनेछ । आम्दानी बढ्नुका साथै रोकिएका धन प्राप्त हुनेछ। सरसापट तथा लगानीको लागि पनि समय शुभ छ। शेयर बजारबाट नाफा कमाउन सकिनेछ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्। जागिर तथा व्यवसाय पनि आज राम्रो रहन सक्छ।

     

    मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा मिथुन राशि व्यक्तिहरुको लागि समय राम्रो रहन सक्छ। पुराना रोकिएका कामहरु पनि आज सफल हुन सक्छन्। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्ने समय छ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । मानसम्मान प्राप्त गर्ने काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शेयर बजारबाट लाभ मिल्न सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।

    कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज चन्द्रमा ग्रहको गोचर कर्कट राशिबाट नवम स्थानमा रहने भएकाले समय मध्यम छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुन सक्छन् । घरायसी सुखको अनुभूति हुनेछ । शेयर बजारबाट उचित लाभ मिल्दैन। विद्यार्थीले पढाईमा अलिक मेहनत गर्दा राम्रो नतिजा निकाल्न सकिन्छ।

     

    सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सिंह राशिबाट चन्द्रमाको गोचर आज अष्टम भावमा रहने भएकाले सिंह राशिका व्यक्तिहरुलाई आज समय त्यति राम्रो छैन। स्वास्थ्यमा कमजोरीको महसुस हुन सक्छ। विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ। नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि आज समय राम्रो छैन। सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।

     

    कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सप्तम भावमा रहने भएकाले अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । शेयर बजारबाट सामान्य लाभ मिल्नेछ। अध्ययन अध्यापनमा सामान्य प्रगतिको योग रहेको छ।

     

    तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    चन्द्रमाको गोचर आज तपाईंको राशिबाट षष्ठ भावमा रहने भएकाले आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । जागिर गर्नेहरुले मानसम्मान तथा पदोन्नति प्राप्त गर्न सक्छन्। व्यापार व्यवसायमा लागेकाहरुले राम्रो आम्दानी गर्ने समय छ। शेयर बजारबाट पनि आज राम्रो लाभ लिन सक्ने योग छ। दीर्घकालिन लगानीको लागि समय शुभ छ। पारिवारिक सम्बन्ध आज राम्रो रहनेछ। विद्यार्थीले पढाईबाट सफलता पाउन सक्छन्।

    वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    चन्द्रमाको पञ्चम गोचरले आज वृश्चिक राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।

    धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। विना प्रयोजनको यात्रा हुन सक्छ। स्वास्थ्य कमजोर रहन सक्छ। परिवारमा सामान्य विवादको वातावरण बन्न सक्ने भएकाले सचेत रहनुपर्छ। साथीभाईको धेरै विश्वास गर्दा समस्यामा पर्न सकिन्छ। विद्यार्थीले पढाईमा धेरै ध्यान दिन जरुरी छ। शेयर बजारमा आज लगानी नगर्दा राम्रो होला।

    मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    मकर राशिबाट आज चन्द्रमाको गोचर तृतीय भावमा रहने भएकाले दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन-दिन सकिने दिन छ । उद्योग तथा व्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा परोपकारिक काममा लगानी गरिने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ। शेयर बजारबाट लाभ लिन सकिन्छ। विद्यार्थीले पढाईमा राम्रो गर्न सक्छन्।

    कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    कुम्भ राशिका व्यक्तिको लागि आज दिन राम्रो रहन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । शेयर बजारबाट सामान्य लाभ लिन सकिन्छ। अध्ययनमा ध्यान दिंदा उचित नतिजा निकाल्न सकिन्छ।

     

    मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मीन राशिबाट चन्द्रमाको गोचर आज प्रथम भाव अर्थात् मीन राशिमा नै रहने भएकाले पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ । शेयर बजारबाट लाभ मिल्न सक्छ। पढ्ने जोश जागर आउन सक्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.