२८ जेठ, पोखरा ।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन ।
बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुछ उजुरी लिन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार आइतबार बेलुकासम्म ७०७ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।
‘आज बेलुकासम्म आएका ७०७ जनाको उजुरीमा ८४ करोड ४६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ,’ डीएसपी केसीले भने, ‘अझै ४ हजार बढी बचत कर्ता रहेको अनुमान छ ।’
इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ताले पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।
पोखराका इमेज पीडित संघर्ष समिति, पोखराका अध्यक्ष हरिबहादु खत्रीले महानगर र प्रहरी कार्यालयमा धाइरहेको भए पनि यसै हुन्छ भन्ने अवस्था नरहेको र प्रहरीले उजुरीसमेत नलिएको बताए ।
पोखरामा सञ्चालक समिति नै कीर्ते गरेर राखिएको भन्दै पदाधिकारीले नै प्रहरीमा उजुरी दिएको खत्रीले बताए । ‘महानगरले वैशाख ३ गतेतिर संस्थापक अध्यक्ष देवकुमारसहित बैठक राखेर हिसाब मिलाउने छलफल गराएको थियो, तर २ दिनपछि नै अध्यक्ष फरार भए’, खत्रीले भने, ‘पोखरामा ५ वर्ष अघि नै विदेश गइसकेका व्यक्ति पनि सञ्चालक समितिको सदस्य भएको पाइएको छ ।’