• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागलुङको ढोरपाटन नगर पालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी बागलुङमा मात्र २ अरब भन्दा बढी रकम हिनामिना भएको दाबि

"बागलुङको ढोरपाटन नगर पालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी बागलुङमा मात्र २ अरब भन्दा बढी रकम हिनामिना भएको दाबि  "

  •    अभियान हाम्रो डट कम / आइतबार, जेठ २८, २०८०  

  • २८ जेठ, पोखरा ।

    इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । तर अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन ।

    बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुछ उजुरी लिन पत्राचार गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार आइतबार बेलुकासम्म ७०७ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै ४ हजारभन्दा बढी संख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।

    ‘आज बेलुकासम्म आएका ७०७ जनाको उजुरीमा ८४ करोड ४६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ,’ डीएसपी केसीले भने, ‘अझै ४ हजार बढी बचत कर्ता रहेको अनुमान छ ।’

    इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । बागलुङमा मात्र २ अर्बभन्दाब बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखरा सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ताले पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।

    पोखराका इमेज पीडित संघर्ष समिति, पोखराका अध्यक्ष हरिबहादु खत्रीले महानगर र प्रहरी कार्यालयमा धाइरहेको भए पनि यसै हुन्छ भन्ने अवस्था नरहेको र प्रहरीले उजुरीसमेत नलिएको बताए ।

    पोखरामा सञ्चालक समिति नै कीर्ते गरेर राखिएको भन्दै पदाधिकारीले नै प्रहरीमा उजुरी दिएको खत्रीले बताए । ‘महानगरले वैशाख ३ गतेतिर संस्थापक अध्यक्ष देवकुमारसहित बैठक राखेर हिसाब मिलाउने छलफल गराएको थियो, तर २ दिनपछि नै अध्यक्ष फरार भए’, खत्रीले भने, ‘पोखरामा ५ वर्ष अघि नै विदेश गइसकेका व्यक्ति पनि सञ्चालक समितिको सदस्य भएको पाइएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.