राम कुमार रायमाझी
खाडादेबि-३ भीरपानी
रामेछाप
पहिला पहिला बुढापाकाले भन्ने गर्ने एउटा उखान मुखलाई छैन ………लाई घिउ ।भन्थे त्यस्तै भईरछ खाडादेबि गाउ पालिका एक बर्ष बित्यो । स्मार्ट चौताराको अबधाराना ल्याउनु भयो ।आहाल बनाउने योजना ल्याउनु भयोठिकै छ ।
तर स्मार्ट चौतारोमा बसेर गाउले सबै दुखसुख को गफगर्ने बाताबरणकहिले ल्याउने?आजको दिनमा गाउमा बुढापाका भन्दा मान्छे छैनन ।त्यहि पनि सुगर प्रेसर थाईराइटले गालेका । त्यो स्मार्टचौतारामा कतिदिन काठमाडौंबाट मान्छे बोलायर राख्नु हुन्छ अधक्ष्य ज्यू ?
पहिला काठमान्डौ बस्ने मान्छेलाई गाउ फर्काउने बाताबरण बनाउनु पर्यो नि होइन र ?। पहिला तपाई स्कुल अधक्ष्य भयको स्कुलको पढाईको गुनस्तर बढाउनुस ।राम्रो शिक्षा गाउमै दिने बाताबरण बनाउनु । तपाईको घर माथिको शिक्षा कस्तो छ बुझ्नु भएको छ?
७जनाले परिक्षा देयको मा ७जना नै फेल अनि तपाईको अबधाराना स्मार्ट चौतारेा ?हाहाहा लाज लाग्नु पर्ने हो तपाई हरु जस्तो लाई । गाउमा बिरामि आमा,बुबालाई उपचार गर्नजान काठमान्डौ लानकोलागि छोरा बुहारि कति बेला आउछ भनेर रोड पटि पर्केर आखाभरि आसु लियर बस्ने आमाबुबाको मार्का बुझ्नु हुन्न ? यस्तै अवस्था रहि रहयो भने गाउ छाडिदिनुस अधक्ष्य ज्यू।
गाउमा अबको ५ देखि ७ बर्ष मा बुढाबुढी बाबा आमा सबै शहर आयर सकिन्छ ।
काठमा्डौमा पनि अब को १० बर्ष पछि बुढाबुढी मात्र हुन्छन ।सबै छोराछोरि जापान,अस्टेलिया, क्यानाडा ,अमेरिका पठाउने ।कम्पिटिसन छ । अनि तपाई को स्मार्टचौतारामा काठमान्डौ बाट गाडिलियर आएर तपाईले गरेको राम्रो छ भनेर २ शब्द बोल्दैदैमा राम्रो भयो भनेर नफुर्किनुस ।माखो मार्नु भयको छैन अहिले सम्म ।१ बर्ष बित्यो । पहिला ,शिक्षको गुनस्तर सुधार्नुस ,रोजगारि सिर्जना गर्नुस सबैलाई समान ब्यबहार गर्ने मान सम्मान गर्ने बताबरण सिर्जना गर्नुस ।काठमान्डौ बाट गाउफर्काउने बाताबरण बनाउने ।यत्ति गरेपछि तपाईले स्मार्ट चौतारा बनाउने आल बनाउने गर्नु पर्दैन । काठमा्डौ बाटफर्केका जमातले सबै आफै गर्छन । तपाई को योजना धेरै भयो ।काम माख्खो मरेन ,म ५ बर्से छोटेराजा भन्ने सब्द मेरो मनमा पलायो ,दम्ब देखा पर्यो । सरकारी गाडि चढेको मान्छे म आउदा अरुले बाटो छोड्नुपर्छ ।नमस्कार गर्नुपर्छ । मलाई मान सम्मन गर्नुपर्छ भन्ने तपाईको मनमा जाग्यो ।कसैसङ्ग सरसल्ला लिनु भयन म त पढेलेखेको मान्छे , भन्ने ठान्नु भयो । यदि यो दम्ब देखाइ राख्नु भयो भने तपाईले माखो मार्नु हुन्न । तपाईले हिजो गरेको बाचा पढ्नुस अनि सोच्नुस ।म हिजो के थिय ।यो कस्ले बनाईदियो ।जनता मेरा के हुन भनेर । धन्यबाद ।
राम कुमार रायमाझी को वाल बाटसाभार








