• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, फागुन २३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपालमै पहिलो पटक ब्लुतुथ मिटर (Bluetooth Water Meter ) जडान

"खानेपानीको क्षेत्रमा नेपालमै पहिलो पटक अनलाइन विलिङ्ग प्रणाली र अनलाइन मिटर रिडिङ्ग "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ १६, २०८०  

  • कास्की

    पोखरा महानगरपालिकाको लेखनाथ खानेपानीको क्षेत्रमा नेपालमै पहिलो पटक अनलाइन विलिङ्ग प्रणाली र अनलाइन मिटर रिडिङ्ग प्रणाली प्रयोगमा ल्याएको लेखनाथ खानेपानी उपाभोक्ता संस्थाले अर्को नवीन प्रविधि भित्र्याएको हो ।

    रुसमा निर्माण भएको Bluetooth Water Meter जडान कार्य हाल परिक्षणकालमै रहेको कार्यालय प्रमुख शिवप्रसाद अमात्यले जानकारी दिनुभयो । यो प्रविधि पूर्ण रुपमा सफल भएमा मिटर रिडरहरु घर घरमै पुगेर मिटर रिडिङ्ग गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

    ब्लुतुथ वाटर मिटरको परिक्षण सफल भएमा कर्मचारीको कार्य बोझ घट्ने र प्रत्येक घरमा धाईरहनु नपर्ने संस्थाका अध्यक्ष मुरारी शर्माले बताउनुभयो । ‘मिटर रिडरहरुले पहिले जस्तो मिटर खोलेर कति पानी प्रयोग भएछ भनेर हेरिरहनु पर्दैन, १० मिटर टाढाबाटै मोवाइल एपमा डाटा लिन सक्नेछ’ अध्यक्ष शर्माले भन्नुभयो ।

     

    मिटर रिडिङ्ग एपमा आएको डाटा क्लाउडमा पनि रहने हुनाले कुन घरले कति पानी उपभोग गर्‍यो भन्ने विवरण कार्यालयबाटै हेर्न सकिनेछ । उपभोक्ता स्वयंले पनि आफूले दैनिक कति पानी चलायो भन्ने कुरा मोवाईल एप मार्फत हेर्न सकिने भएकाले पानीको किफायती उपयोगमा समेत सघाउ पुग्ने उपभोक्ता संस्थाको अपेक्षा छ ।

    यो प्रविधि नेपालमै पहिलो हो । यो पूर्ण रुपमा सफल भएमा उपभोक्ताहरुबाट बेला बखत हुने पानी चोरीको घटना समेत नियन्त्रण हुने संस्थाका उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले बताउनुभयो ।

    लेखनाथ खानेपानी उपभोक्ता संस्थाले पोखरा महानगरपालिकाको वडा नं. २६,२७,२८,२९,३०,३१ र ३२ गरी सात वटा वडामा खानेपानी वितरण गर्दै आएको छ । २०५८ सालमा स्थापना भएको उपभोक्ता संस्थाका करिब १६ हजार घरपरिवार उपभोक्ता छन् । यसबाट करिब ९६ हजार जनसंख्या लाभान्वित भएका छन् ।

    संस्थाले गिउँजेखोला मुहानबाट दैनिक ४८.९० लिटर प्रति सेकेण्ड पानी ल्याएर वितरण गरिरहेको छ । तर वर्षा याममा खोलामा बाढी आई पानी धमिलो हुने गरेकोले सरदर ४० लिटर मात्र ल्याईने गरेको छ । पानीको आपूर्तिको लागि संस्थाले ८ वटा बोरीङ्गहरु र २ वटा सम्पवेलहरुबाट पनि पानी उत्पादन गरेर वितरण गरिरहेको संस्थाका अध्यक्ष मुरारी शर्माले जानकारी दिनुभयो । सो बाट दैनिक सालाखाला १०० लिटर प्रति सेकेण्ड पानी वितरण भईरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.