• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया आफनै छोरीज्वाइँले भए भर को सम्पत्ति लिएर जापान बेपत्ता भएपछि रोगी बाबु आमा नेपालमा अलपत्र

" कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया आफनै छोरीज्वाइँले भए भर को सम्पत्ति लिएर जापान बेपत्ता भएपछि रोगी बाबु आमा नेपालमा अलपत्र "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ १६, २०८०  

  • होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै । उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन् । उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ । उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन् ।

    बहिनी अर्चना शाह भन्छिन्—लक्ष्मी मेरी जेठी दिदी हुन् । उनले बुबा–आमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन् । जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन् । बुबा–आमाको उपचारमा लाखौँ रुपैयाँ सकियो । अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ । तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन् ।

    अर्चनाका अनुसार आमा सुर्जाको नाममा टीकापुर नगरपालिका– ८ र ९ मा रहेको तीन रोपनी जग्गा र घर ११ वर्षअघि जेठी छोरी लक्ष्मी शाही र उनका श्रीमान् कलेन्द्र शाहीले जालसाजीपूर्वक आफ्नो नाममा पारेका थिए । जापान बस्दै आएका उनीहरू त्यसयता नेपाल फर्केका छैनन् ।

    सुर्जा र शेरबहादुरको उपचारमा २५ लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । तर, उनीहरूले न घर जग्गा फिर्ता गरेका छन्, न बुबा–आमाको उपचारमा खर्च नै पठाएका छन् ।

    भएजति सम्पत्ति लिएर दिदी–भिनाजु जापान बसेपछि बुबाआमाको उपचारमा समस्या आएको अर्चानाले बताइन् । ‘लक्ष्मी मेरी जेठी दिदी हुन् । उनले बुबाआमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन् । जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन् । बुबाआमाको उपचार लाखौँ रुपैयाँ सकियो । अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ । तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन्,’ उनले भनिन् ।

    पैसा अभावका कारण बुबाआमाको उपचारमै समस्या भएपछि अर्चनाले लक्ष्मीविरुद्ध परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका, टीकापुर नगरपालिका, महिला आयोगमा उजुरी दिएकी छिन् । तर, समस्या हल हुन नसकेको उनको भनाइ छ । ‘बुबाआमाको सम्पत्ति मात्रै फिर्ता गरे पनि त्यही बेचेर राम्रोसँग उपचार गराउँथ्यौँ । तर, पटकपटक आग्रह गर्दा पनि दिदीले मानेकी छैनन् । उपचारमा लाखौँ रुपैयाँ सकियो । अहिले पनि प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च हुन्छ । तीन वर्ष भयो हामीले आफ्नै खर्चमा उपचार गरेको । केही सीप नलागेपछि हामीले परराष्ट्र मन्त्रालयदेखि स्थानीय तहसम्म उजुरी गर्‍यौँ । तर, समस्या समाधान हुन सकेको छैन,’ उनले भनिन् ।

          छोरी लक्ष्मी शाही

     

     

    अर्चनाका अनुसार लक्ष्मी र उनकी श्रीमान् कलेन्द्र जापान इवाट प्रदेशस्थित मोरिवकमा बस्दै आएका छन् । उनीहरूले मोरिवकमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । हडपेको सम्पत्ति फिर्ता नभएपछि लक्ष्मीका भाइ विवेक मोरिवक नै पुगेका थिए । भेटका क्रममा लक्ष्मीले बुबाआमाको सम्पत्ति नेपाल फर्केपछि मात्रै फिर्ता गर्ने बताएकी छिन् । भाइ विवेकसँग भएको रेकर्डेड अडियो संवादमा लक्ष्मीले भनेकी छिन्, ‘बुबाआमाको सम्पत्ति म खादिनँ । फिर्ता गर्छु । मेरो अहिले व्यवहार बिग्रिएको छ । त्यो सल्टिनासाथ नेपाल आउँछु । त्यसलगत्तै सम्पत्ति फिर्ता गर्छु ।’

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ४ उपदफा १ मा ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हो । कानुन उल्लंघन गर्ने छोराछोरीलाई सोही ऐनको दफा २६ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । सोही दफाको उपदफामा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.