• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन २४, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया आफनै छोरीज्वाइँले भए भर को सम्पत्ति लिएर जापान बेपत्ता भएपछि रोगी बाबु आमा नेपालमा अलपत्र

" कैलाली टीकापुर नगरपालिका– ८ की ७९ वर्षीया आफनै छोरीज्वाइँले भए भर को सम्पत्ति लिएर जापान बेपत्ता भएपछि रोगी बाबु आमा नेपालमा अलपत्र "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, जेठ १६, २०८०  

  • होस गुमाएकी उनी न बोल्न सकिछन्, न हिँड्डुल गर्न नै । उनका श्रीमान् ८४ वर्षीय शेरबहादुर शाह पनि बिरामी छन् । उपचारका लागि उनलाई अस्पताल लगिरहनुपर्छ । उनी अहिले काठमाडौंमै कहिले आफन्त, त कहिले कान्छी छोरी अर्चना शाहको शरणमा बस्दै आएका छन् ।

    बहिनी अर्चना शाह भन्छिन्—लक्ष्मी मेरी जेठी दिदी हुन् । उनले बुबा–आमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन् । जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन् । बुबा–आमाको उपचारमा लाखौँ रुपैयाँ सकियो । अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ । तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन् ।

    अर्चनाका अनुसार आमा सुर्जाको नाममा टीकापुर नगरपालिका– ८ र ९ मा रहेको तीन रोपनी जग्गा र घर ११ वर्षअघि जेठी छोरी लक्ष्मी शाही र उनका श्रीमान् कलेन्द्र शाहीले जालसाजीपूर्वक आफ्नो नाममा पारेका थिए । जापान बस्दै आएका उनीहरू त्यसयता नेपाल फर्केका छैनन् ।

    सुर्जा र शेरबहादुरको उपचारमा २५ लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । तर, उनीहरूले न घर जग्गा फिर्ता गरेका छन्, न बुबा–आमाको उपचारमा खर्च नै पठाएका छन् ।

    भएजति सम्पत्ति लिएर दिदी–भिनाजु जापान बसेपछि बुबाआमाको उपचारमा समस्या आएको अर्चानाले बताइन् । ‘लक्ष्मी मेरी जेठी दिदी हुन् । उनले बुबाआमालाई झुक्याएर भएभरको सम्पत्ति आफ्नो नाममा लिइछिन् । जापान बस्दै आएका उनीहरूले सम्पत्ति फिर्ता गरेका छैनन् । बुबाआमाको उपचार लाखौँ रुपैयाँ सकियो । अहिले पनि उपचारमा प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च भइरहेको छ । तर, दिदीभिनाजुले न सम्पत्ति फिर्ता गरेका छन्, न उपचारमा खर्च नै पठाएका छन्,’ उनले भनिन् ।

    पैसा अभावका कारण बुबाआमाको उपचारमै समस्या भएपछि अर्चनाले लक्ष्मीविरुद्ध परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं महानगरपालिका, टीकापुर नगरपालिका, महिला आयोगमा उजुरी दिएकी छिन् । तर, समस्या हल हुन नसकेको उनको भनाइ छ । ‘बुबाआमाको सम्पत्ति मात्रै फिर्ता गरे पनि त्यही बेचेर राम्रोसँग उपचार गराउँथ्यौँ । तर, पटकपटक आग्रह गर्दा पनि दिदीले मानेकी छैनन् । उपचारमा लाखौँ रुपैयाँ सकियो । अहिले पनि प्रत्येक महिना ५० हजार रुपैयाँभन्दा धेरै खर्च हुन्छ । तीन वर्ष भयो हामीले आफ्नै खर्चमा उपचार गरेको । केही सीप नलागेपछि हामीले परराष्ट्र मन्त्रालयदेखि स्थानीय तहसम्म उजुरी गर्‍यौँ । तर, समस्या समाधान हुन सकेको छैन,’ उनले भनिन् ।

          छोरी लक्ष्मी शाही

     

     

    अर्चनाका अनुसार लक्ष्मी र उनकी श्रीमान् कलेन्द्र जापान इवाट प्रदेशस्थित मोरिवकमा बस्दै आएका छन् । उनीहरूले मोरिवकमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । हडपेको सम्पत्ति फिर्ता नभएपछि लक्ष्मीका भाइ विवेक मोरिवक नै पुगेका थिए । भेटका क्रममा लक्ष्मीले बुबाआमाको सम्पत्ति नेपाल फर्केपछि मात्रै फिर्ता गर्ने बताएकी छिन् । भाइ विवेकसँग भएको रेकर्डेड अडियो संवादमा लक्ष्मीले भनेकी छिन्, ‘बुबाआमाको सम्पत्ति म खादिनँ । फिर्ता गर्छु । मेरो अहिले व्यवहार बिग्रिएको छ । त्यो सल्टिनासाथ नेपाल आउँछु । त्यसलगत्तै सम्पत्ति फिर्ता गर्छु ।’

    ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ४ उपदफा १ मा ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमदअनुसार पालपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हो । कानुन उल्लंघन गर्ने छोराछोरीलाई सोही ऐनको दफा २६ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । सोही दफाको उपदफामा ५ मा ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    ताजा अपडेट
    • रुकुम पूर्वमा नेकपाका प्रचण्ड भारी मतान्तरले विजयी
    • आज २०८२ फागुन २२ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि भाबी प्रधानमन्त्री बालेन फर्किए
    • दोलखाको मालु मतदान स्थलमा विवाद हवाई फायर
    • उदयपुरमा सटगन पड्किँदा मतपेटिकामा क्षति

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.