पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित रत्न मन्दिर गणतन्त्र दिवसको अवसरमा स्वदेशी तथा विदेशी नागरिकका लागि खुला गरिएको छ । यो निकै लामो समयको प्रयास पश्चात खुला गरिएको हो ।
आम नागरिकका लागि कौतुहलताको विषय रहेको रत्न मन्दिर नेपाल सरकारका
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितीमा अवलोकनका लागि
खुला गरिएको हो । यसलाई तत्कालीन समयमा राजाहरूले पोखरा आउँदा विश्राम गर्ने थलोका रूपमा प्रयोग गर्ने गरेका थिए ।
नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।
गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।
रत्न मन्दिरको खुलापनले पोखराको पर्यटन प्रवद्र्धन र पर्यटकहरूको बसाइ लम्ब्याउन ठुलो योगदान पुग्ने विश्वास गरिएको छ ।