• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“बा” मेरो भिषा आयो


  •    संवाददाता/ मङ्गलबार, जेठ ०९, २०८०  

  • “बा” मेरो भिषा आयो , यो खबर सुन्दा सायद म भन्दा धेरै “बा” खुसि भएका थिए।

    उमेर ले साठी काटिसकेका मेरा “बा” जसको साहारा लौरो बाएक अरु के हुने छैन। आखामा आशु टिलपिल बनाएर हात कमाउदै मेरो गाला तिर सुमसुम्याउदै भने बधाई छ बाबु ,अब त हाम्रो नि दिन आउलान नि है । 

    “बा” का आखामा टिल्पिलाएका आशु पुछ्दै भने अब हाम्रा नि सुखका दिन आउछन , हामि पनि खुसि भएर बाच्न पाउछौ ,

    अब छोरो ठुलो भयो “बा” भन्न त भने तर म आफैलाई गाह्रो भैरहेको थियो यतिकै मा भने “बा” खाजा बनाउछु है। हुन्छ भोक लाग्ने बेला नि भयो अब कति नै छ  र तेरो हात ले बनाएको खान पनि , “बा” के के भन्दै हुनुहुन्थ्यॊ यतिकै मा म भान्छा तिर लागे। 

    भित्र छिर्ना साथ् शुन्य लाग्दै थियो अब यी सब चिजहरु म संग बिरानो हुदै छन् , 

    “बा” भोक लाग्यो है भन्दै अब कसले खुवाउछ ? “बा” समय मै खाना खाएर औषधि खान पर्छ भन्दै कसले खुवाउछ ?”बा”

    तिमि बिमार छौ धेरै काम नगर है भन्दै कसले कराउछ ? 

    तिम्र चिरा परेका पैतालामा तेल लगाउदै मालिस कसले गर्छ”बा”? 

      साच्चै देश छोड्ने बेलामा खुसि हुम कि दुखि , हास्दै जानी हो कि रुदै के थाहा छैन ,मलाइ यति मात्रै थाहा थियो कि मैले 

    जन्म भुमि छोड्दै छु। मैले मेरो “बा” को शाहारा छोड्दै छु , “बा” को न्यानो काख छोड्दैछु ,संगै भाडा कुटी खेल्ने साथीको 

    साथ् छोड्दैछु। 

    यता मनमा अनेक कुराहरु खेलिरहेका छन् , “बा”उता पिडिमा बसेर टोलाई रहेका छन्। 

    सोचे साच्चै म कस्तो देशमा जन्मीएछु , मलाइ जन्म दिएर टाडा भएकी मेरी आमाको मुख संम्म हेर्न पाइन। 

    अनेक दु:खसंग संघर्ष गर्दै हुर्काएका मेरा “बा” ले कहिले एकसरो राम्रो लाउन पाएनन , भोको पेटमा कहिले अन्न खान पाएनन 

    र पनि मलाइ कुनै दिन केहि कुराको अभाब हुन दिएनन् , राम्रै खुवाए राम्रै लगाए , दु:ख सुख राम्रै स्कुल मा पढाए ,तर आज 

    आफ्नै देशमा केहि गर्छु भन्दा केहि गर्न सकिन , 

    गर्नै नखोजेको पनि होइन पढाई राम्रै थियो पढाई अनुसारको जागिर खान सकिन अनि त्यसमा पनि जागिर कै मात्रै पैसाले 

    साहुको ऋण कहिले सम्म तिरेर सक्ने ? 

    देशमा चरम बेरोजगार छ अर्थतन्त्रको अवस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ। के व्यवसाय गरौ व्यवसायको कुनै 

    ठेगान छैन कतिबेला टाट पल्टिने हो सरकार आफै भुमरीमा रुमलिरहेको छ, उसले त आफ्नो बाटो आफै देखिरहेको छैन भनि 

    बाकि जनताको भबिष्य कसरि देख्न सक्छ ? 

    रहर न भएको होइन आफ्नै देशमा केहि गरौ भनेर तर म जस्तै लाखौ युवाहरु भबिष्य न देखेर बिदिसियेका छन्। 

    आफ्नै देशमा लाखौ ऋण काडेर व्यवसाय गर्नु भन्दा त्यहि पैसा ले विदेश जादा आफु अनि आफ्नो परिवारको भबिष्य 

    सुरक्षित देखेका छन्। 

    यतिकैमा पिडिको डिलबाट “बा” कराउनु भयो , 

      बाबु अझैं खाजा पाकेन ? 

    ओहो मैले के के सोचीरा रैछु, पाक्यो “बा”पाक्यो 

    बाउ छोरा पिडिको डिलमा बसेर खाजा खादै थियौ पानीको गिलास छेउमा सार्दै भन्नु भयो , बाबु कस्तो न रमाइलो 

    लागिरको छ अबको सातामा त पनि गैहाल्छस केहि किनकान गर्नु पर्ने हो कि भोलि बजार तिर झर्ने कि बाबु ,, 

    तल माईला दाइलाई अलि कति पैसा भनेको थिए , खर्च के कति लाग्ने हो कुन्नि ? 

    बाले यति सबै भन्दै गर्दा मन भरि भएको थियो , बा केहि किन्न पर्दैन , म संगै केहि कपडा हरु छन् त्यति भए 

    पुगिहाल्छ नि। 

    एक मनले सोचे अमेरिका अस्ट्रेलिया जाने भाको भए कति कुरा किन्नु पर्ने थियो होला , खाडी जनाको लागि पनि के किन्नुं २ 

    पैसा भएनी आफ्नै त हो नि जस्तो लग्यो ,, राम्रै देश जानी मन नभएको कहाँ होर तर परिस्थितिले खाडी को बाटो देखायो। 

    दिन बित्दै गए निधारमा “बा” को हातले लगाएको रातो टिका अनि साथमा एउटा सानो झोला भिरेर हिन्नी दिन आयो , 

    बूढा भएका “बा” लाइ एक्लै छोडेर हिन्ने रहर न हुदा न हुदै पनि हिन्नु नै पर्ने छ। 

    थाहा छैन भोलि म फर्किदा “बा”  को अन्तिम सास भेट्न पाउछु पाउदिन , बूढा भएका  “बा” लाइ शाहारा दिने  बेलामा परदेशीको गुलाम हुन परदेशीदै छु।   

    कसरि भनौ  “बा”  आफ्नो ख्याल गर है ,कुन मुखले भनौ  “बा”  छिट्टै आउछु भनेर।  

    हिन्ने  बेलामा मेरो अंगालोमा रुदै भने बाबु आफ्नो ख्याल गरेस, समय मै खान खाएस, अर्काको ठाउँ भने जस्तो सजिलो हुदैन जोगिएर कम गरेस अनि छिट्टै फर्किएर आएस है बाबु।  

    “बा” आज सम्म मेरो अंगालो मा बाधिएर रोएको अहिले सम्म देखेको थिएन , एक मन त सोचे भो विदेश जान्न तर बाध्यता को अगि   “बा” को त्यो चाउरि परेको गाला बाट बग्दै गरेको आशुले पनि मन पगाल्न सकेन।  “बा” अब निस्किनु पर्छ गाडी छुट्ने बेला भयो भन्दै आफ्नो सिर  निहुराउदै बिदा मागे। थाहा छैन मेरो  “बा”  कसरि एक्लै दिन काट्दै बस्छन होला? 

    महिने पिच्छे अस्पताल कसरि जान्छन होला ?दुइ  छाक पकाएर कसरि खान्छन होला ? 

    आज सारै गार्हो भएको छ बाबु भन्दै कसलाई सुनाउछन होला ? 

    मेरो लागि के गर्न न सकेपनि मेरा  “बा”  लाइ म फर्किए बेला सम्म ख्याल गरेस है सरकार।।  

    ठुलो सपना बोकेर आकाश मा उड्दै गएको छोरो  भोलि बाकस मा आउन न परोसथाहा छैन भोलि म फर्किदा  “बा”  को अन्तिम सास भेट्न पाउछु पाउदिन , बूढा भएका  “बा” लाइ शाहारा दिने  बेलामा परदेशीको गुलाम हुन परदेशीदै छु।   

      

    कसरि भनौ  “बा”  आफ्नो ख्याल गर है ,कुन मुखले भनौ  “बा”  छिट्टै आउछु भनेर।  

    हिन्ने  बेलामा मेरो अंगालोमा रुदै भने बाबु आफ्नो ख्याल गरेस, समय मै खान खाएस, अर्काको ठाउँ भने जस्तो सजिलो हुदैन जोगिएर कम गरेस अनि छिट्टै फर्किएर आएस है बाबु।  

    “बा” आज सम्म मेरो अंगालो मा बाधिएर रोएको अहिले सम्म देखेको थिएन , एक मन त सोचे भो विदेश जान्न तर बाध्यता को अगि   “बा” को त्यो चाउरि परेको गाला बाट बग्दै गरेको आशुले पनि मन पगाल्न सकेन।  “बा” अब निस्किनु पर्छ गाडी छुट्ने बेला भयो भन्दै आफ्नो सिर  निहुराउदै बिदा मागे। थाहा छैन मेरो  “बा”  कसरि एक्लै दिन काट्दै बस्छन होला? 

    महिने पिच्छे अस्पताल कसरि जान्छन होला ?दुइ  छाक पकाएर कसरि खान्छन होला ? 

    आज सारै गार्हो भएको छ बाबु भन्दै कसलाई सुनाउछन होला ? 

    मेरो लागि के गर्न न सकेपनि मेरा  “बा”  लाइ म फर्किने बेला सम्म ख्याल गरेस है सरकार ,

    ठुलो सपना बोकेर आकाश मा उड्दै गएको छोरो  भोलि बाकस मा आउन न परोस ।।।।

     suman raj paudel

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.