प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको राजनीतिमा जसले धेरै बदमासी गर्छ, उसैले धेरै डकार्छ भन्ने कुरा आउन थालेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै खतिवडाले आफ्नो मान्छे पर्न लागेपछि प्रधानमन्त्रीकोमा म्याउँम्याउँ गरेर भ्रष्टाचारीलाई जोगाउन खोजेको टिप्पणी गरे ।
उनले भने, ‘जो कोही दोषी छ भने सरकारले गरेको कारबाही भोग्न तयार हुनुपर्छ । संसदमा ताली बजाएर होइन, कानूनअनुसार सजाय भोग्न तयार हुनुपर्छ ।’








