आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेका सांसदहरुले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइलहरु पनि खोलिनुपर्ने बताएपछि माओवादीले आरोप लागेका पात्रलाई सार्वजनिक गर्न भनेको हो ।
प्रमुख प्रतिपक्ष भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन सहयोग गर्नुपर्ने बताउँछन् माओवादी केन्द्रका सांसद माधव सापकोटाले । ‘इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरमा बुझाउनुहोस् एमालेलाई जवाफ फर्काएका छन् ।