काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ ।
अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवतजावत ठप्प रहेको छ ।
सो क्षेत्र भई आवातजावत गर्ने सवारीसाधन बनेपा–नाला–भक्तपुरको बाटोबाट वैकल्पिक मार्गबाट सञ्चालन भइरहेको जनाइएको छ ।