• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ३१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वास्थ्य मन्त्रालयको चौथो तला भत्काउन असहयोग गरेको


  •    संवाददाता/ बुधबार, बैशाख १३, २०८०  

  • १३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २७ चैतमा संघीय सरकारले असहयोग गरेको १७ बुँदा सार्वजनिक गर्दा स्वास्थ्य मन्त्रालयबारे पनि एउटा बुँदा समावेश गरेका थिए ।

    सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना नभएको मेयर बालेनले दाबी गरेका छन् ।

    स्वास्थ्य लाइभले स्वास्थ्य मन्त्रालयको चौथो तला अवैध रहेको खुलासा गरेपछि महानगरले भत्काउन आदेश दिएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न मेयर बालेनले आग्रह गर्दा स्वास्थ्य मन्त्रालय नेतृत्वले नटेरेको उनको गुनासो छ ।

    ‘स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।’, मेयर बालेनले लेखेका छन् । तर, अहिलेसम्म सर्वोच्चको फैसला कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले अटेरी गरेको खुल्न आएको छ ।

    मेयर बालेनले संघीय मन्त्रालयहरूको असहयोगको फेहरिस्त प्रस्तुत गरेका छन् ।

    प्रशिद्ध वास्तुविद् कानको डिजाइन

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पस्दा भित्तामा बाआमाले छोराछोरी डो¥याइरहेको सानो पोष्टर र त्योसंगै शिलालेख देखिन्छ । नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाको लागि बनेको यो भवनको उद्घाटन तत्कालिन राजा वीरेन्द्रले आफ्नो ३१ औं जन्मोत्सवको अवसरमा २०३२ पुस १३ गते उद्घाटन गरेको शिलालेखले बताउँछ ।

    २५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सर्‍यो ।

    पदमसुन्दर लावती स्वास्थ्यमन्त्री भएपछि फराकिलो कार्यालयको खोजी हुन थाल्यो । त्यही मेसोमा २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि राम शाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो ।

    स्वास्थ्य मन्त्रालयको भवनको डिजाइन अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त आर्किटेक्ट लुई एसाडोर कानले गरेका हुन् । तत्कालिन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्नका लागि युएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो ।

    सो सम्झौता सम्पन्न गर्ने क्रममा युएसएडले लुई कानलाई व्यवसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए । जुन स्वास्थ्य मन्त्रालयको भवनको रुपमा प्रयोग भइरहेको छ । आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त भवनको रुपमा उक्त भवनले मान्यता पाएको छ ।

    नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको तत्कालिन परियोजना प्रमुख डा. रिता थापाका अनुसार डिजाइन शुल्क मात्र ६० हजार रुपैयाँ थियो ।

    ‘नमुना भवनलाई बिरूप पारियो’

    स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । यो भवन नक्साअनुसार रहँदा युरोप–अमेरिकाबाट पनि इन्जिनियरिङका विद्यार्थी अवलोकन गर्न आउने गरेको स्वास्थ्य मन्त्रालयका पूर्वकर्मचारी जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउँछन् ।

    उनका अनुसार पहिले यो भवनको कोठाहरुलाई ठूलो वा सानो बनाउन मिल्थ्यो । ‘तीन तले यो भवनमा पिलर छैन’, डा. मरासिनी भन्छन्, ‘बलियो चाहिँ कति भने २०७२ सालको महाभूकम्पले पनि यसलाई केही असर गरेन ।’

    पछि यो भवनको माथिल्लो तलाको खाली ठाउँमा छानो राखेर चौथो तला बनाइयो । डा. मरासिनी भन्छन्, ‘त्यसलाई लिएर अन्तर्राष्ट्रिय रुपमै विरोध भयो । त्यसपछि बाहिरका विद्यार्थी भवन हेर्न आउन पनि छाडे ।’

    भवनमा तला थप्न नदिन स्वयं डिजाइनकर्ता लुई कान र काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर केशव स्थापितले धेरै कोशिस गरेका थिए ।

    ‘मन्त्रालय धाउँदा केही नलागेपछि उनीहरुले सर्वोच्च अदालत गए, सर्वोच्चले पनि थपिएको तला भत्काई भवनलाई पुरानै डिजाइनमा ल्याउन आदेश दियो’ डा. मरासिनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले भने आदेश पालना गर्नुको साटो पत्र लेख्दै अदालतलाई थामथुम गरेर बसेको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.