• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी ९ वैशाखमा राजीनामा दिने

"गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी ९ वैशाखमा राजीनामा दिने "

  •    अभियान हाम्रो/ आइतबार, बैशाख ०३, २०८०  

  • पोखरा ।

    माओवादी केन्द्रले गठबन्धन फेरेर कांग्रेससँग गठजोड गरेपछि गण्डकी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको अधिकारी सरकार अल्पमतमा छ ।

    गत १० चैतमा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री राजीनामा दिँदै सरकारबाट बाहिरिएका थिए । मुख्यमन्त्री अधिकारीले सरकार टिकाइराख्न ३० दिनभित्र संसद्मा विश्वासको मत लिने समयसीमाको आखिरीमा राजीनामा बुझाउने तयारीमा रहेको उनका प्रेस सल्लाहकार सुसन घिमिरले बताए । ‘सम्भवतः उहाँ (मुख्यमन्त्री)ले संसद् अधिवेशनको दिन सम्बोधन गरेर सरकारबाट बाहिरिने मनस्थितिमा हुनुहुुन्छ,’ घिमिरेले भने ।

    ९ वैशाख ३ बजेका लागि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ (१) बमोजिम उनले अधिवेशन आह्वान गरेका हुन् ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो । दोस्रो स्थानमा रहेको एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सदस्य छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि बहुमत ३१ सिट आवश्यक पर्छ । तर, गण्डकीमा सम्भावना टरेको छ ।

    गत २५ पुसमा नेपालको संविधान १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीले २९ पुसमा संसद्मा विश्वासको मत पाएका थिए । त्यसबेला उनको पक्षमा ३१ मत परेको थियो । विपक्षीमा २७ मत मात्रै परेको थियो । उनलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गरेका हुन् । स्वतन्त्र लडेर चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) भने उपस्थित भएनन् । एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकाले सभाध्यक्षको हैसियतमा हुँदा चुनावमा सहभागी भएनन् ।

    गण्डकीमा अब कांग्रेस वा माओवादी केन्द्रमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित छ । कांग्रेसबाट संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान मुख्यमन्त्रीका आकांक्षी हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.