• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एउटै जग्गा धेरै व्यक्तिलाई बैना गर्दै ठग्ने राजदुत पक्राउ तर पावर लगाएर छुटिन् रेनु कुमारी

"एउटै जग्गा धेरै व्यक्तिलाई बैना गर्दै ठग्ने राजदुत पक्राउ तर पावर लगाएर छुटिन् रेनु कुमारी "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत १८, २०७९  

  • रोक्का राखेको जग्गा देखाउँदै ७५ लाख रुपैयाँ बैना लिएर फिर्ता नगरेको र जग्गा पनि पास नगरेको आरोपमा पक्राउ परेकी पूर्व राजदुत निरन्जनमानसिंह बस्न्यातकी श्रीमती राजनीतिक पावर लगाएर दुई दिनमै छुटेपछि उनीहरुको धन्धाको थप प्रमाण भेटिन थालेका छन् ।

    काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले रेनु कुमारी थापा बस्न्यातलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनी छुटेकी हुन् ।

    महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बुधबार मात्र काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको थियो। तर भोलिपल्टै काठमाडौं जिल्ला सरकारले रेनुलाई छाड्न प्रहरीलाई निर्देशन दिएको थियो ।

    काठमाडौं प्रहरी परिसर प्रवक्ता निरन्जन भट्टले भने सरकारी वकिलले थुनाबाहिर राखेर अनुसन्धान गर्न निर्देशन दिन नसक्ने भएकाले त्यही अनुरुप रेनुको हकमा पनि भएको बताए। ‘मुद्धा चलिरहेकै छ। रेनु जीलाई बाहिर राखेर अनुसन्धान गर्नु मात्र भनेको हो’, भट्टले भने ।

    स्रोतका अनुसार आरोपी रेनु माओवादी उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलकी आफन्त हुन्। माओवादी नेताकै पावरमा उनलाई छाड्न दबाब आएको पिडितले गुनासो गरेका छन्। हरिबोलका भाइ नारायणकी श्रीमती र रेनु दिदी बहिनी हुन् ।

    रेनुले भक्तपुरको बालकोटस्थित करिब २१ आना जग्गा रामेछाप बेथानका भुवनविक्रम घिमिरेसँग प्रति आना १७ लाख २५ हजारका दरले विक्री गर्ने गरी २०७६ माघ २७ गते करारनामा गरेकी थिइन् ।

    त्यतिबेला घिमिरेले ७५ लाख रुपैयाँ बैना बुझाएका थिए। २०७७ जेठ मसान्तसम्म जग्गा पास भइसक्नुपर्ने, दोस्रो किस्तामा १ करोड दिने र तेस्रो किस्तामा एक करोड ८६ लाख १७ हजार १ सय ८७ रुपैयाँ दिने करारमा उल्लेख थियो ।

    ‘त्यतिबेलै कोरोना महामारी सुरु भयो। रेनु जी पनि सम्पर्कमा रहनु भएन । पछि २०७७ भदौमा जग्गा पास गर्ने भनेर म चेक बनाएर मालपोत कार्यालय पुगेको थिएँ तर उहाँ आउनु नै भएन’, पिडित घिमिरेले भने ।

    घिमिरेले पछि आफूले उक्त जग्गा त्यसअघि नै एस डेभलपमेन्ट बैंकमा धितो राखेर ठुलो रकम रिण लिएको थाहा पाएको बताए। सोही जग्गा त्यसपछि पनि अर्का व्यक्तिलाई देखाएर बैना लिएको उजुरी पनि परेको छ ।

    ‘उहाँले जग्गा पास गर्न आनाकानी गर्नुको पछाडि त मसँग बैना लिनुअगावै उहाँले उक्त जग्गा धितो राखेर ठुलो रकम रिण लिनु भएको रहेछ’, घिमिरे भन्छन् ।

    उनले पछि बस्न्यात दम्पत्ती अमेरिका गएर बसेकाले आफ्नो बिचल्ली भएको बताए ।

    ‘त्यति धेरै रकम मेरो फसिसकेको थियो। तर न जग्गा पाएँ न त पैसा नै फर्कियो। गत भदौमा उहाँहरु नेपाल फर्किएपछि फेरी आशा जागेको थियो । तर प्रहरीले पक्राउ गरेर छाड्यो भन्दा साह्रै दुख लागेको छ’, घिमिरेले भने ।

    उनले रेनुले पछिल्लो समय जग्गा विक्री गरेर पैसा दिन्छु भन्दै झुलाउने गरेको बताए ।

    ‘उहाँको नियत नै ठग्ने रहेछ। मैले उजुरी गरेपछि उहाँबाट ठगिनु भएका अन्य धेरैले सम्पर्क गरिरहनु भएको छ’, घिमिरेको भनाई छ ।

    परराष्ट्र मन्त्रालयको सहसचिव हुँदै पछि राजदुतसमेत बनेका रेनुका श्रीमान निरन्जनमान आफै पनि भष्ट्रचार मुद्दा खेपिरहेका व्यक्ति हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.