हवाई उडानका दौरान टिकटक भिडियोमा रहमाइरहेका हिमालय एयरलाइन्सका तीन जना क्याबिन–क्रु कारबाहीमा परेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोस्टेस टिकटक भिडियोमा रमाइरहेका देखिन्छन् ।
प्राधिकरणका अनुसार यसलाई ‘इनफ्लाइट सेफ्टी’ विरुद्धको कसुर मानिन्छ । उनीहरूलाई ३ देखि ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको छ ।