• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, मङि्सर २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गाउँपालिका अध्यक्ष भएपछि मात्र ८४ लाख कमाए ,झन्डै एक करोडको अकुत सम्पत्ति

"गाउँपालिका अध्यक्ष भएपछि मात्र ८४ लाख कमाए ,झन्डै एक करोडको अकुत सम्पत्ति "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, चैत १०, २०७९  

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अघिल्लो कार्यकालमा निर्वाचित बनियाँको २१ असार ०७४ देखि ३० फागुन ०७८ सम्मको अवधिको आम्दानी र खर्चबारे अख्तियारले छानबिन गरेको थियो । त्यस अवधिमा मात्र उनको आम्दानी ८४ लाख १० हजार देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनले आफ्नो घर गाउँपालिकालाई भाडामा लगाउनेसम्मका गतिविधि गरेको देखिएको छ ।

    जाँच अवधिमा उनको पारिश्रमिक, बैठक भत्ता, ट्रयाक्टर र हार्वेस्टर बिक्रीबाट प्राप्त रकम, छोराको नाममा घर गाउँपालिकालाई बहालमा दिएबापत प्राप्त रकम, कृषि आय, बिमाबापत प्राप्त रकम, शाखारहित बैंक सञ्चालन गरी प्राप्त गरेको आय र राइस मिलबाट प्राप्त आयसमेत हिसाब गर्दा उनको आम्दानी ८४ लाख १० हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।

    त्यस्तै, खर्च तथा लगानीतर्फ छोराहरूको अध्ययन खर्च, घर निर्माण, छोराको नाममा विभिन्न स्थानमा जग्गा खरिद, बिमाबापत बुझाएको प्रिमियम रकम, छोराकै नाममा मोटरसाइकल र ट्रयाक्टर खरिद, कर्जाबापत तिरेको सावाँ–ब्याज, राइस मिलको आयबापत तिरेको आयकर तथा आफू र परिवारका नाममा विभिन्न बैंकमा रहेको खातामा भएको मौज्दातसमेत गरी एक करोड ७५ लाख ९७ हजार देखिएको छ ।

    उक्त खर्च तथा लगानीको तुलनामा आम्दानी ८४ हजार १० हजार घटाउँदा देखिएको ९१ लाख ८६ हजार पाँच सय ४३ रुपैयाँको स्रोत नदेखिएको भन्दै त्यसैलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो । स्रोत नखुलेको सोही रकमलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

    सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिको बिगो जफत गर्ने प्रयोजनका लागि छोरा पंकज कान्डुसमेतलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दर्ता गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.