• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, बैशाख २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०७९ साल चैत ७ गते मंगलबारको तपाइको राशिफल

"२०७९ साल चैत ७ गते मंगलबारको तपाइको राशिफल "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, चैत ०७, २०७९  

  • मेष : मेष राशि भएकाहरूका आज समय खराब रहनेछ । आज पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ ।

    वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ रहनेछ । स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नया“ वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ ।

    मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज अत्यन्त खराब रहनेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

    कर्कट : आज कर्कट राशिका लागि आज समय शुभ छ । एक्कासी आमदानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । नयाँ व्यवसाय आज शुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिएको छ । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । आज जे काम गर्दै हुनुहुन्छ प्रतिफल राम्रै पाइनेछ । टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ ।

    सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने संभावना बलियो छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रमबाट गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।

    कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँग झगडा हुन सक्छ । जोसंग पनि कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ । यात्रका क्रममा कसैले नशालु पद्धार्थ खुवाउन या सुँघाउन सक्नेछन् विशेष ख्याल गर्नुहोला । समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला ।

    तुला : तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेषगरी आजन पानीबाट खतरा छ, सतर्क रहनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ । सतर्क हुन आवश्यक छ ।

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्र्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी÷प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला । नयाँ–नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयर सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।

    धनु : धनु राशिका लागि आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीन अथवा कलकारखाना सम्बन्धी काम गर्नु छ भने आजा लाभ हुनेछ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने आज पैसा खूब कमाउनुहुनेछ । जताबाट पनि तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला ।

    मकर : मकर राशि भएकाहरूका लागि आजको समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आँपूm मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आँपूm तटस्थ रहनु नै राम्रो हुनेछ । व्यापार र व्यवसायमा आज त्यति लाभ देखापर्ने छैन । परिवारको कुनै सदस्यलाई औषधी उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।

    कुम्भ : कुम्भ राशिका लागि आज जन्मराशिदेखि बाह्रौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिन्छ ।

    मीन : मीन राशि भएकाहरूका लागि आज समय शुभ छ । आरोग्यता, प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ । सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ । कुखुरा पालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट शुरु गर्नुहोला । जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैनापट्टा गर्दा राम्रो हुनेछ ।

    प्रतिक्रिया :
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.