• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लक्षमण थापा द्वारा लिखित मनोबाद – के मान्छे साँच्चै लाखुको सन्तति हो ?

"लक्षमण थापा द्वारा लिखित मनोबाद - के मान्छे साँच्चै लाखुको सन्तति हो ? "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०५, २०७९  

  •   लक्षमण थापा
    अभियान हाम्रो डट कम
    पोखरा ।
                  बिकाशवादी सिद्धांतकारहरुले मान्छे लाखु(बानर)कै एक प्रजातिबाट बिकशित हुँदै यो अवस्थामा आइपुगेको हो भन्छन् !
    मलाई फिटिक्कै विश्वास लाग्दैनथ्यो । विश्वमा प्राचीनदेखि अर्वाचीन कालसम्म अनेक सिद्धांतहरु जन्मे र जन्मदै छन् । तिनीहरुले आफ्नो समयका नवीनतम सिद्धांतहरु प्रतिपादन गरे । केही सिद्धांत उनीहरुमैं सीमित रहे । केही केहीकालसम्म चले र केही अझै चलिरहेका छन् ।
    हामीलाई विद्यालयमा विशेषगरी विज्ञान पढाउँने गुरुहरुले मान्छेका पूर्खा लाखु हुन्, भन्थे । हामी पत्याइदिएको अभिनय गर्थ्यौं । किनभने हाम्रो बारीमा आएर मकै सोत्र्याम् पार्ने लाखुहरु बिकाश भएर मान्छे बनेको देखेका थिएनौं । गुरुले भन्दैमा हामीले कसरी विश्वास गर्ने ?
    हुन त यो संसार विश्वासले नै चलेको छ, पनि भन्छन् । अब संसार विश्वासले नै चलेको भए एत्रो विधि अविश्वास किन फैलिएको होला ?
    जे होस्, हामीले आधुनिक भै टोपल्न अविश्वास गर्दागर्दै पनि विश्वास गर्छौं ।
    मैले सेदीमा आलु लगाएको लाखु आएर सबै बोट उखेलेर खाइदिएछन् । मुला खाइदिएछन् । खाएको खाइदिएछन्, नखाएको पनि उखेलेर टोकेर फालिदिएछन् । मलाई चित्त दुखेन, रिस पनि उठेन । किनभने लाखुको कामै बिठ्याइँ गर्ने हो । लाखुसंग चित्त दुखाएर के गर्ने ? मान्छेसंग चित्त दुख्दा त केही गर्न सकिन्न ! आँफुले केही थप किलो आलु किन्नुपर्ला तेत्ति हो !
    मजस्ता धेरै मान्छे लाखु पीडित छन् । गाउँघरतिर त लाखुको प्रकोपले मान्छेले खेतिपाती गर्नै छाडिदिए भन्ने सुन्न पाइन्छ ।
    फेसबुक र टिकटकमा भुलेका मान्छेलाई लाखुले भलै गरिदिएका रहेछन् । खेतिपाती नगरेपछि काम गर्न परेन । हातगोडामा लगाएका नँगपालिस सुरक्षित हुने भयो । भारी बोक्न परेन । रंग लगाएका सिल्की कपाल नखज्मजिने भयो । लुगामा लगाएको ईस्तिरीको डाम नखज्मजिने भयो । खानेकुरा पाकेटमा ल्यायो , भाँडामा खन्याएर पकायो! कति हाइसन्चो !
    लाखुहरुलाई धन्यवाद !
    साधुवादलाई धन्यवाद !
    अहिले मलाई मान्छे लाखुकै अवैध सन्तान हो भन्ने विश्वास लाग्नुको कारण आजै पत्ता लाग्यो ।
    भयो के भनें आज बिहान फेवातालको किनारमा रमण गरिरहेको थिएँ । मेरा आँखा फ्याट्ट यौटा दृष्यमा परे । बाटोको छेउको सानो बिरुवा लछारेर भाँचिएको रहेछ । नपत्याए तलको फोटोमा हेर्नुस । अनि मैले सोचें, यहाँ सिम्पानीको जँगलबाट लाखु त आएका थिएनन् । आएका भए पनि फल न फूलको यो बिरुवा किन भाँच्थे र ? के वनमा बस्ने लाखु तेति मूर्ख होलान् र ? आफ्नै आश्रयदाताको घाँटी निमोठ्ने ? विना काम बिरुवा भाँच्दै हिंड्ने ? मलाई लाखु तेति मूर्ख लागेनन् !
    अनि मान्छेतिर मेरो ध्यान गयो । संसारको सबैभन्दा वुद्धिजीवि प्राणी मान्छेले माँचेहोलान् ? अहँ पत्याउन मन लागेन !
    त्यसोभए कसरी भाँच्चिएहोला त ! भनेर ग़म खाँदा यो काम लाखुले पनि गरेन र मान्छेले पनि गरेन भनें कस्ले ग-यो ?
    यो काम लाखुका अवैध सन्तानले गरे, भन्ने ध्यानमा आयो र म ढुक्कसंग अगाडि बढें ।
             (लक्षमण थापा द्वारा लिखित मनोबाद  फेसबुकवालबाट जस्ताको तेस्तै साभार )
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.