रवीन्द्र माकाजू
पोखरा ।
पोखराको शैक्षिक क्षेत्रमा लामो समयदेखि आवद्ध शिक्षासेवीका रूपमा चर्चा गर्नुपर्दा नेपाली भाषा शिक्षक परिषद् नेपालका संस्थापक अध्यक्ष माधवशरण उपाध्यायलाई बिर्सन मिल्दैन । उनले करिब ४ दशक शैक्षिक क्षेत्रमा आफूलाई समर्पित गराएका छन् । उनका हजारौं शिष्य छन् जसले जहाँ भेटेपनि गुरु माधवशरण प्रति श्रद्धाभक्ति व्यक्त गर्दछन् ।
नेपाली भाषा पढाउँदै जाँदा माधवशरण सरलाई अरूहरूले गरेको व्यवहारले कताकता छोयो । नेपाली पढाउने गुरुहरु दुई नम्बरका शिक्षक पो हुन् कि जस्तो अनौठो र अमिलो व्यवहार पाएकोले उनले सोचे – यी सबै हिनताबोध अन्त्यका खातिर पनि नेपाली शिक्षकहरुको एउटा संस्था अनिवार्य छ ।
माधवशरण गुरुले मनमनै सोचे- यदि नेपाली गुरुहरुको एउटा बलियो संस्था बनाउन सकिए – नेपाली भाषा पठनपाठनमा देखिएका वणर्विन्यास जस्ता समस्या हटाउन सकिन्छ र आवश्यक तालिम दिन सकिए नेपाली भाषाको विकासमा टेवा पुरया याउन सकिन्छ ।
माधवशरण त्यसबेला निजी तथा आवसीय विद्यालय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एब्द्यक्इल्) वा कास्कीका अध्यक्ष पनि थिए । उनले नेपाली शिक्षक एवं भाषापे्रमीहरुको भेला बोलाए । भेलामा प्रा.डा. नारायणप्रसाद अधिकारी, रामनाथ ओझा, यमनाथ तिमिल्सिना, बोधराज बराल, दिनेश सापकोटा, विश्वबन्धु पोख्रेल, भानुभक्त पोखे्रल आदि गुरु सहभागी थिए । माधवशरण गुरुको मिठो प्रस्तावलाई सबैले एकै स्वरमा समर्थन गरे । माधवशरण गुरुको अध्यक्ष्यता तदर्थ समिति गठन भयो । नेपाल भाषा शिक्षक परिषद् नेपाल । ०६६ सालमा विधिवत् दर्ता पनि भयो अहिले यो समिति गण्डकी प्रदेशमा निकै सक्रिय छ । जसका कारण नेपाली भाषाका शिक्षकहरु आत्मसम्मानका साथ बाँचिरहेका छन् ।
वि.सं. २०१९ साल फाल्गुन २४ गते स्याङ्जाको किचनाथ गाउँ (हाल बिरुवा गा.वि.स-५) मा जन्मिएका माधवशरणले नेपाली पाठ्यपुस्तक (कक्षा १-७) नेपाली व्याकरण (१-१०) को सहलेखन पनि गरेका छन् । उनले थुप्रै लेख, रचना लेखेका छन् परन्तु पुस्ताकाकारको रूप भने दिन भ्याएका छैनन् । केही कृतिहरु सम्पादन गरेका प्याब्सन कास्कीमा पूर्व अध्यक्ष उपाध्यायले गण्डकी प्रदेशका पूर्व अध्यक्ष र केन्द्रीय सदस्य भएर यस क्षेत्रको नेतृत्व समेत लिएका छन् । अत्यन्त मिलनसार, सहयोगी, सहृदयी उपाध्याय सामिप्य समाजमा पनि आवद्ध छन् । माधव गुरू पछिल्लो समयमा राधाकृष्ण शान्ति आश्रम प्रबन्ध समिति लामेआहालमा समर्पित छन् ।
उपाध्यायले आफ्ना घरआगँनको विद्यालयबाट अक्षारम्भ गरी सम्पूणर्ानन्द विश्वविद्यालय वनारसबाट संस्कृत साहित्यमा स्नातक गरेका थिए भने नेपाली साहित्यमा स्नातकोत्तर पूरा गरे । उनले शुरुमा तनहुँको पवित्रा मा.वि.बाट ज्ञान दिन शुरु गरेका थिए भने ०४०।४१ तिर भद्रकाली मा.वि. कुडँहरमा अध्यापन गरे । त्यसलगत्तै उनले हिमाञ्चल बोर्डिङ बोर्डिङ स्कुल र माउण्ट अन्नपूणर् विद्यालयमा पढाए । आफ्नै निजी विद्यालय खोल्दा राम्रो हुने ठानेर केही मित्रहरुसँग मिलेर लेखनाथ तालचोकमा ०४९ सालमा डायमण्ड मा.वि. खोले । उपाध्याय अहिलेसम्म यही विद्यालयलाई मलजल हालिरहेका छन् ।
पिता एकनारायण र माता टिकादेवीका सन्तान माधवशरणको विवाह २०४० सालमा कौशिला रेग्मीसँग भएको थियो । उपाध्याय दम्पतीका सुपुत्र छन् । माधवशरण गुरुले आफ्ना सन्तानलाई उच्च संस्कार र शिक्षा मात्र दिएका छैनन् । राष्ट्रियताका पाठ पनि पढाएका छन् । उनका एक छोरा डाक्टर छन् भने अर्को छोरा एम.फि.एल गर्दैछन् । उपाध्यायले २०६८ सालमा राष्ट्रिय शिक्षा पुरस्कार हात पारेका थिए भने उनले भारत, मलेसिया, सिंगापुर आदि मूलुकमा शैक्षिक भ्रमण गर्ने अवशर पनि पाएका छन् ।
( रबिन्द्र माकाजुको फेसबुकवाल बाट साभार जस्ताको तेस्तै )







