• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वाभिमानी नेपाली गुरु-माधवशरण , नेपाली भाषा पढाउँदै जाँदा माधवशरण सरलाई अरूहरूले गरेको व्यवहारले कताकता………..

"स्वाभिमानी नेपाली गुरु-माधवशरण नेपाली भाषा पढाउँदै जाँदा माधवशरण सरलाई अरूहरूले गरेको व्यवहारले कताकता........... "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०५, २०७९  

  • रवीन्द्र माकाजू
    पोखरा ।
                     पोखराको शैक्षिक क्षेत्रमा लामो समयदेखि आवद्ध शिक्षासेवीका रूपमा चर्चा गर्नुपर्दा नेपाली भाषा शिक्षक परिषद् नेपालका संस्थापक अध्यक्ष माधवशरण उपाध्यायलाई बिर्सन मिल्दैन । उनले करिब ४ दशक शैक्षिक क्षेत्रमा आफूलाई समर्पित गराएका छन् । उनका हजारौं शिष्य छन् जसले जहाँ भेटेपनि गुरु माधवशरण प्रति श्रद्धाभक्ति व्यक्त गर्दछन् ।
    नेपाली भाषा पढाउँदै जाँदा माधवशरण सरलाई अरूहरूले गरेको व्यवहारले कताकता छोयो । नेपाली पढाउने गुरुहरु दुई नम्बरका शिक्षक पो हुन् कि जस्तो अनौठो र अमिलो व्यवहार पाएकोले उनले सोचे – यी सबै हिनताबोध अन्त्यका खातिर पनि नेपाली शिक्षकहरुको एउटा संस्था अनिवार्य छ ।
           माधवशरण गुरुले मनमनै सोचे- यदि नेपाली गुरुहरुको एउटा बलियो संस्था बनाउन सकिए – नेपाली भाषा पठनपाठनमा देखिएका वणर्विन्यास जस्ता समस्या हटाउन सकिन्छ र आवश्यक तालिम दिन सकिए नेपाली भाषाको विकासमा टेवा पुरया ‍याउन सकिन्छ ।
    माधवशरण त्यसबेला निजी तथा आवसीय विद्यालय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एब्द्यक्इल्) वा कास्कीका अध्यक्ष पनि थिए । उनले नेपाली शिक्षक एवं भाषापे्रमीहरुको भेला बोलाए । भेलामा प्रा.डा. नारायणप्रसाद अधिकारी, रामनाथ ओझा, यमनाथ तिमिल्सिना, बोधराज बराल, दिनेश सापकोटा, विश्वबन्धु पोख्रेल, भानुभक्त पोखे्रल आदि गुरु सहभागी थिए । माधवशरण गुरुको मिठो प्रस्तावलाई सबैले एकै स्वरमा समर्थन गरे । माधवशरण गुरुको अध्यक्ष्यता तदर्थ समिति गठन भयो । नेपाल भाषा शिक्षक परिषद् नेपाल । ०६६ सालमा विधिवत् दर्ता पनि भयो अहिले यो समिति गण्डकी प्रदेशमा निकै सक्रिय छ । जसका कारण नेपाली भाषाका शिक्षकहरु आत्मसम्मानका साथ बाँचिरहेका छन् ।
         वि.सं. २०१९ साल फाल्गुन २४ गते स्याङ्जाको किचनाथ गाउँ (हाल बिरुवा गा.वि.स-५) मा जन्मिएका माधवशरणले नेपाली पाठ्यपुस्तक (कक्षा १-७) नेपाली व्याकरण (१-१०) को सहलेखन पनि गरेका छन् । उनले थुप्रै लेख, रचना लेखेका छन् परन्तु पुस्ताकाकारको रूप भने दिन भ्याएका छैनन् । केही कृतिहरु सम्पादन गरेका प्याब्सन कास्कीमा पूर्व अध्यक्ष उपाध्यायले गण्डकी प्रदेशका पूर्व अध्यक्ष र केन्द्रीय सदस्य भएर यस क्षेत्रको नेतृत्व समेत लिएका छन् । अत्यन्त मिलनसार, सहयोगी, सहृदयी उपाध्याय सामिप्य समाजमा पनि आवद्ध छन् । माधव गुरू पछिल्लो समयमा राधाकृष्ण शान्ति आश्रम प्रबन्ध समिति लामेआहालमा समर्पित छन् ।
    उपाध्यायले आफ्ना घरआगँनको विद्यालयबाट अक्षारम्भ गरी सम्पूणर्ानन्द विश्वविद्यालय वनारसबाट संस्कृत साहित्यमा स्नातक गरेका थिए भने नेपाली साहित्यमा स्नातकोत्तर पूरा गरे । उनले शुरुमा तनहुँको पवित्रा मा.वि.बाट ज्ञान दिन शुरु गरेका थिए भने ०४०।४१ तिर भद्रकाली मा.वि. कुडँहरमा अध्यापन गरे । त्यसलगत्तै उनले हिमाञ्चल बोर्डिङ बोर्डिङ स्कुल र माउण्ट अन्नपूणर् विद्यालयमा पढाए । आफ्नै निजी विद्यालय खोल्दा राम्रो हुने ठानेर केही मित्रहरुसँग मिलेर लेखनाथ तालचोकमा ०४९ सालमा डायमण्ड मा.वि. खोले । उपाध्याय अहिलेसम्म यही विद्यालयलाई मलजल हालिरहेका छन् ।
         पिता एकनारायण र माता टिकादेवीका सन्तान माधवशरणको विवाह २०४० सालमा कौशिला रेग्मीसँग भएको थियो । उपाध्याय दम्पतीका सुपुत्र छन् । माधवशरण गुरुले आफ्ना सन्तानलाई उच्च संस्कार र शिक्षा मात्र दिएका छैनन् । राष्ट्रियताका पाठ पनि पढाएका छन् । उनका एक छोरा डाक्टर छन् भने अर्को छोरा एम.फि.एल गर्दैछन् । उपाध्यायले २०६८ सालमा राष्ट्रिय शिक्षा पुरस्कार हात पारेका थिए भने उनले भारत, मलेसिया, सिंगापुर आदि मूलुकमा शैक्षिक भ्रमण गर्ने अवशर पनि पाएका छन् ।
                 (   रबिन्द्र माकाजुको फेसबुकवाल बाट साभार जस्ताको तेस्तै )
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.