• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विद्यार्थीले शिक्षा मन्त्रालयबाट झन्डै दोब्बर संख्यामा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगे

"विद्यार्थीले शिक्षा मन्त्रालयबाट झन्डै दोब्बर संख्यामा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगे "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०५, २०७९  

  • शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार फागुनमा मात्रै १३ हजार नौ सय ४५ एनओसी जारी भएका छन् ।

    अन्य महिनाको तुलनामा फागुनमा एनओसी शाखामा सेवा लिन आउनेको निकै भिड लागेको थियो । विदेश अध्ययनमा खुकुलो हुन थालेपछि शिक्षा मन्त्रालयबाट एनओसी लिने विद्यार्थीको संख्या बढ्न थालेको छ । चालू आर्थिक वर्षको सात महिनामा विदेश अध्ययनका लागि ५९ हजार आठ सय ५७ विद्यार्थीले एनओसी लगेका छन् ।

    फागुनमा जारी भएका कुल एनओसीमध्ये आधाभन्दा बढी जापानमा भाषा अध्ययनका लागि छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख वासुदेव वस्तीका अनुसार जापानमा अध्ययनका लागि आठ हजार ९१ एनओसी जारी भएका छन् । गत माघमा सात हजार ६ सय १८ एनओसी जारी भएका थिए । पुसमा कुल सात हजार आठ सय ५१ विद्यार्थीले एनओसी लगेका छन् ।

    शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखा प्रमुख वस्तीका अनुसार फागुनभरि जापानका लागि एनओसी लिनेको भिड थियो । जापानमा कलेज भर्नाको समय भएकाले सबैभन्दा बढी भिड रहेको उनले बताए । फागुनमा दोस्रो आकर्षक गन्तव्य बनेको अस्ट्रेलियामा दुई हजार ६ सय १० जनाले एनओसी लगेका छन् । क्यानडाका लागि एक हजार ६ सय ६०, बेलायतका लागि ५५९, भारत २३४, युएई १६९, दक्षिण कोरियाका लागि १२५ एनओसी लगेका छन् ।

    वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा अस्ट्रेलियाका १७ हजार सात सय १३ विद्यार्थीले एनओसी लगेका छन् । चालू आर्थिक वर्षमा अघिल्लो महिनासम्म तेस्रो स्थानमा रहेको जापान एनओसी लिने देशका आधारमा दोस्रोमा छ । जापानका लागि सात महिनामा १४ हजार सात सय ६० एनओसी शिक्षा मन्त्रालयले जारी गरेको छ । क्यानडा आकर्षक गन्तव्यका रूपमा पाइएको छ ।

    अघिल्लोपटक दोस्रो स्थानमा रहेको क्यानडाका लागि नौ हजार सात सय ९५ एनओसीसँगै तेस्रो स्थानमा छ । बेलायतका लागि अहिलेसम्म दुई हजार तीन सय ४७ विद्यार्थीले एनओसी लगेका छन् । अमेरिकाका लागि एक हजार नौ सय आठ र भारतका लागि एक हजार तीन सय ७८ एनओसी लगेको तथ्यांक छ ।

    युएईका लागि एक हजार दुई सय ३७ एनओसी जारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ मा विद्यार्थीहरूले शिक्षा मन्त्रालयबाट कुल एक लाख १४ हजार चार सय २९ एनओसी लगेका थिए । गत आर्थिक वर्षमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकमले नयाँ रेकर्ड बनाएको छ ।

    #शिक्षा मन्त्रालय # एनओसी
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.