• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सिरहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा चोरीको आरोप लागेका एक बालक तरकारी खेतमा मृत फेला

"सिरहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा चोरीको आरोप लागेका एक बालक तरकारी खेतमा मृत फेला "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत ०४, २०७९  

  • सिरहाको अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा चोरीको आरोप लागेका एक बालक तरकारी खेतमा मृत फेला परेका छन् ।

    स्थानीय बेचन महराका ११ वर्षीय छोरा निरज मोची छन् । घरदेखि करिब एक किलोमिटर दुरीमा रहेको एकान्त तरकारी खेत नजिकै उनको शव फेला परेको हो ।

    स्थानीय पबित्तर महतोको पसलमा शुक्रवार बिहान चोरी भएको थियो । उक्त चोरी घटनामा मृत फेला परेका मोचीसहित पाँच जनाको संलग्नता रहेको आरोप लागेको थियो ।

    पसलमा चोरीको आरोपमा पसल सञ्चालक महतो र गाउँपालिकाले दुई जनालाई पक्रेर वडा कार्यालयको निगरानीमा घर थुनेर हिजो राखेको थियो । थुनिएका ती दुई जनाले मोची र अन्य २ जनाको पनि चोरीमा संलग्नता रहेको बताएका थिए ।

    तर मोचीसहित तीन जना फेला पर्न सकेका थिएनन् । उनीहरूलाई खोजेर चोरी गरेको विषयमा छलफल गर्न अभिभावकलाई जिम्मेवारी दिइएको थियो । अभिभावकले दुई जनालाई खोजे । मोचीलाई भने उनका अभिभावकले पनि खोज्न सकेनन् ।

    राति समेत घरमा नगएका बालक मोची आज बिहान करिब ९ बजे खेतमा मृत फेला परेको बुझिएको छ ।

    सिरहा प्रहरी प्रवक्ता डिएसपी रविन्द्र पाण्डेका अनुसार मृत फेला परेका बालक मोचीको बायाँ हातमा करेन्ट लागेको देखिएको छ । अनुसन्धानमा करेन्ट लागेरै उनको मृत्यु भएको देखिको छ ।

    तर चोरीको आरोप लागेका बालक हिजो दिनभर सम्पर्कविहिन बनेको र आज बिहान करेन्ट लागेको अवस्थामा मृत फेला परेपछि घटना शंकास्पद देखिएको छ ।

    डिएसपी पाण्डेले भने, ‘तरकारी खेतमा बदेल लगायतका जनावरले क्षति नगरोस् भनेर तारले घेरिएको छ । त्यही तारमा छाडिएको करेन्ट लागेर उनको मृत्यु भएको देखिएको छ । तर थप अनुसन्धान भइरहेको छ ।’

    ‘खेतमा नाङ्गो तारले घेरेर करेन्ट छाड्न मिल्दैन’, उनले भने, ‘यो विषयमा पनि बुझ्दै छु । थप अनुसन्धानपछि दोषी देखिनेहरू कानूनको दायरामा आउँछ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.