अभियान हाम्रो डट कम
जिबन राना मगर
रामेछाप ।
रामेछाप खाडादेबी गाउपालिका – १ श्री मा . वि . राकाथुमको – १८ कोठे भवन उद्घाटन कार्यक्रम संम्पन्न हुदैछ । खाडादेबी गाउ पालिका–१ को १८ कोठे पक्कि भवनको उद्घाटन संम्पन्न गरिएको छ । मावि राकाथुम को २०७२ सालको भुकम्प ले क्षतिग्रस्त भै नेपाल सरकार तथा ADB द्वरा १८ कोठे सुविधा सम्पन्न भवन हो अाज ११ वजेवाट सुरु भयर सिन्धुलि कलाघरको कलाकार हरु वेजोड सास्कृतिक कार्यक्रम र स्थानिय स्कुलको विधार्थि भाईवहिनि कलाकारहरुको नृत्यका साथ कार्यक्रम भइरहेको छ प्रमुख अतिथि वागमति प्रदेस सामाजिक विकास मन्त्रि कुमारि मोक्तान, विशेष अतिथि माननीय युवराज चौलागाईं , माननीय सरल सहयात्रि सहित आज भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै प्रमुख अतिथि वागमति प्रदेस सामाजिक विकास मन्त्रि कुमारि मोक्तानले शिक्षा क्षेत्रमा बनिरहेका पक्कि पूर्वाधारहरुले गुणस्तरीय र व्यवहारीक शिक्षालाई सहयोग गर्ने बताए तोकिएको समय भित्र भवन निर्माणको काम सकेकोमा निर्माण समितिलाई धन्याबात समेत गरे । उनले श्री मा वि राकाथुमलाइ विद्यालयको अहिलेको अबस्था र पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा चक्र लाल श्रेष्ठ ले जानकार गराएका थिए ।स्थानिय कलाकारहरुको उपस्थितिमा सो कार्यक्रमका सभापति विधालय विव्यस अध्यक्ष चण्डिकालाल मोक्तान, स्वागत मन्तव्य मावि राकाथुम का प्रअ चक्रलाल श्रेष्ठ ,युवा नेता समाजसेवि सफल नेतृत्व जुझारु निवर्तमान वडाध्यक्ष विष्णु कमार श्रेष्ठ ज्यु ले स्वागत मन्तव्य संगै विविध विषयमा महत्वपूर्ण भनाईहरु राखिनुका साथै सो कार्यक्रम सन्चालन मावि राकाथुम का प्रअ कृष्णकाजि श्रेष्ठ ज्यु ले गर्नु भयो र कार्यक्रममा छुवाछूत तथा जनचेतना मुलक नाटक तथा कविता संगै सयुक्त सहभोज गरि कार्याक्रम समापन गरेका थिए |
वडा सदस्य जिबन राना मगर प्रति तस्बिर उपलब्ध गराएकोमा हार्दिक आभार