• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रुपन्देहीको सैनामैनामा स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययनरत ‘माताले झारफुकको नाममा कुट्दा किशोरीको मृत्यु

"स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययनरत ‘माताले झारफुकको नाममा कुट्दा किशोरीको मृत्यु "

  •     अभियान हाम्रो डट कम / बुधबार, फागुन २४, २०७९  

  • रुपन्देहीको सैनामैना नगरपालिका–१० मा बस्छिन्, २२ वर्षीया सोनिया रेश्मी । स्वास्थ्य विषयमा बिए दोस्रो वर्ष अध्ययनरत सोनिया झारफुक गर्छिन् । सोनियालाई स्थानीयले ‘माता’ सम्बोधन गर्छन् । कान दुखेर सोनियाकहाँ पुगेकी १४ वर्षीया सीता ज्ञवालीलाई झारफुकको नाममा कुटपिट गरिन् । ‘सन्चो बनाउँछु’ भनेर त्रिशुल, जग र रुद्राक्षको मालाले हिर्काउँदा सीताको मृत्यु भयो ।

    कक्षा ९ मा अध्ययनरत सीताको हत्या आरोपमा प्रहरीले ‘माता’ लाई पक्राउ गरेको छ । फागुन २० मा कुटपिटबाट सीताको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए । मृत्युपछि त्यसैरात किशोरीको दाहसंस्कार गरिएको छ । झारफुक गर्ने नाममा माताले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।

    भिडियो फुटेजका आधारमा अनुसन्धान गर्दा हत्याको पोल खुलेको इन्सपेक्टर मरासिनीले जानकारी दिएप्रहरीले कुटपिटमा प्रयोग गरिएको त्रिशुल, जग र रुद्राक्षको माला बरामद गरेको छ । अस्पतालको औषधि खाँदा कानको दुःखाई निको नभएपछि परिवारले किशोरीलाई माताकोमा लगेका हुन् । आरोपी रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीको हिरासतमा राखेर प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.