• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सन्तोष कार्की मौसम द्वारा लिखित (खुशी खोज्दै…………)

"सन्तोष कार्की मौसम द्वारा लिखित (खुशी खोज्दै............) "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, फागुन २३, २०७९  

  • “महंगो पहिरनमा एउटी सुन्दर महिला मनोचिकित्सककहाँ आइन्, र उनले भनिन् कि उनी डिप्रेसनमा छिन् र उनको जीवन अर्थहीन हुँदै छ।
    मनोचिकित्सकले भने: म चमेली लाई सोध्छु उनी आफ्नो जिबनमा कत्तिको खुशी छिन भनेर। म तिमीलाई उनको कुरा सुनाउँन चाहन्छु।”
    मनोचिकित्सकले अफिसको भुइँ सफा गर्ने चमेली लाई बोलाए र उसको ग्राहकसँग उनको जिबन कथा सुनाउनको लागि आग्रह गरे।
    महिलाले आफ्नो हातमा भएको कुचो भुइँमा राखिन र नजिकैको कुर्सीमा बसिन र आफ्नो कथा सुनाउन सुरु गरिन; मेरो श्रीमानको क्यान्सरले मृत्यु भयो।
              ३ महिनापछि मेरो एउटै मात्र छोरालाई कारले ठक्कर दिएर मार्यो.. अब मसँग घरमा कोही छैनन्.. मसँग कोही बाँकी रहेनन्.. म सुत्न सक्दिन, म खान सक्दिन, म कहिल्यै कसैको अगाडि मन खोलेर हाँस्न सक्दिन। यसरी एक्लै के बस्नु भनेर मैले धेरै पटक झुन्डिएर मर्ने बिचार गरे।
    त्यसपछि एउटा साँझ, म काम बाट घर फर्किदै गर्दा एउटा सानो बिरालोको बच्चाले मलाई पछ्यायो। कुनै न कुनै रूपमा मलाई त्यो बिरालोको बच्चा देखि माया लागेर आयो। पुस माघको महिना बाहिर चिसो थियो, त्यसैले मैले बिरालोको बच्चालाई घर भित्र लगेर जाने निर्णय गरें। मैले बच्चालाई अलिकति दूध र बिस्कुट कचौरामा राखेर दिएँ, त्यसपछि बिरालाको बच्चाले कचौरामा भएको दुध बिस्कुट चाटिचुटी खायो।
    त्यसपछि बिरालोको बच्चा मेरो खुट्टामा आएर लडिबडी गर्यो रमाउन थाल्यो धेरै महिनापछि म पहिलो पटक मज्जाले दिल खोलेर हाँसे।
    त्यसपछि मैले सोच्न छोडेँ … एउटा सानो बिरालोको बच्चालाई सहयोग गर्दा आश्रय दिदा मलाई मन खोलेर हँसाउन सफल भयो भने, झन मानिसहरूको लागि केहि गर्न सके भने मलाई झनै खुशी बनाउँन सक्छ।
                    त्यसैले भोलिपल्ट मैले केही स्याउ बिस्कुट लिएर बर्षौ देखि ओछ्यानमा थला परेको छिमेकी बिरामी कहाँ गएँ।
    हरेक दिन मैले कसैको लागि केहि राम्रो गर्ने प्रयास गरें। मैले गरेको सानो सहयोगले उनीहरुलाई खुसी देख्दा मलाई निकै खुशी लाग्छ।
    आज म ओछ्यानमा राम्रोसँग निदाउन सक्छु। अरुलाई दिएर खुसी पाएको छु।
    अफिसमा सर सफाइ गर्ने चमेली दिदिको कुरा सुनेर मनोचिकित्सककहाँ आएकी महिला रोईन। उनीसँग पैसाले किन्न सक्ने सबै कुरा थियो, तर उनले पैसाले किन्न नसक्ने चीजहरू गुमाएकी थिइन्।
    जीवनको सुन्दरता तपाईं कति खुसी हुनुहुन्छ भन्नेमा भर पर्दैन, तर तपाईंको कारणले अरू कति खुसी हुन सक्छन् भन्ने कुरामा भर पर्छ।
    खुशी कुनै गन्तव्य होइन, यो एउटा यात्रा हो। खुशी भोलि होइन, अहिलेको हो।
    खुशी निर्भरता होइन, यो एक निर्णय हो। खुशी त्यो हो जो तपाई हुनुहुन्छ, तपाईसँग जे छ त्यो होइन।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    ताजा अपडेट
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान
    • कुलायन मार्ग टोल बिकास संस्थाको अध्यक्षमा बराल
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.