• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘विष खाएको’ घटनामा शंकास्पद, वीर अस्पताल भन्छ शर्मिला वाइवाको – परीक्षणमा भेटिएन

" ‘विष खाएको’ घटनामा शंकास्पद, वीर अस्पताल भन्छ शर्मिला वाइवाको - परीक्षणमा भेटिएन "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १८, २०७९  

  • शर्मिला वाइवाले विष सेवन गरेको भनिएको घटना शंकास्पद देखिएको छ । वीर अस्पतालका अनुसार उनको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि हुन सकेको छैन

    प्रहरीका अनुसार हिजो राति करिब १ बजेतिर वाइवाले विष सेवन गरेको भन्दै वीर पुर्याइएको थियो । उनलाई ‘अब्जर्भेसन’ का लागि आइसीयूमा राखिएको भए पनि अवस्था सामान्य रहेको अस्पताल स्रोतले बतायो ।
    ‘यहाँ ल्याउँदा होसमै हुनुहुन्थ्यो । सबै प्यारामिटरहरु सामान्य नै थिए । विष सेवन गरेको भनिएकाले अब्जरभेसनका लागि मात्रै आइसीयूमा राखेका हौं,’ स्रोतले भन्यो ।

    वाइवाको रगत टिचिङ अस्पताल लगेर परीक्षण गरिएको थियो । तर, त्यसमा विषको मात्रा नदेखिएको बुझिएको छ । कहिलेकाहीँ विषको असर ढिला देखिने भएकाले अहिल्यै निष्कर्षमा पुगिनसकिएको स्रोत बताउँछ ।

    ‘उहाँको स्वासप्रस्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै सामान्य र स्थिर छ । ब्लड रिपोर्टमा विष खाएको देखिँदैन । तर, कहिलेकाहीँ ढिला असर हुन सक्छ भनेर मात्रै कुरिएको हो,’ स्रोतले भन्यो, ‘मुखमा हालेर थुकेको वा नखाइकन खाएको अभिनय गरेको पनि हुन सक्छ ।’

    बानियाटारमा दुई बहिनी र एक बच्चासहित बस्दै आएकी शर्मिलाले हिजो राति विष खाएको भन्दै सुरुमा ग्राण्डी अस्पताल पुर्याइएको बताइन्छ । युट्यूबका भाइरल म्यान जयकिशन बस्नेतले ग्राण्डीबाट आफूले शर्मिलालाई वीर पुर्याएको बताएका छन् । रमाइलो के भने उनले ग्राण्डी अस्पतालदेखि वीर अस्पतालसम्मको भिडियो खिच्दै हिँडेका थिए ।

    त्यसलाई भ्लग बनाएर उनले युट्यूब च्यानलमा पोष्ट गरेका छन् । उक्त भ्लगमा जयकिशनले डाक्टरलाई उद्वृत गर्दै वाइवाको अवस्था ‘असाध्यै नाजुक रहेको’ र ‘जे पनि हुन सक्ने’ बताएका छन् । उनले वाइवालाई यो अवस्थामा पुर्याउनेहरुविरुद्ध आत्महत्या दूरुत्साहनको मुद्दा हाल्नसक्ने चेतावनी पनि दिएका छन् ।

    अस्पताल स्रोतले भने अब केही घन्टा अब्जरभेसनमा राखेर वाइवालाई डिस्चार्ज गरिने बताएको छ । वाइवाका एक निकटस्थका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । वाइवाले केही दिनअघि पत्रकार ऋषि धमलासँग आफूलाई जोडेर अन्तरवार्ताहरु दिएकी थिइन् । त्यसमा उनलाई अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए ।

    अस्ति उनी अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पललाई भेट्न नपाएको भन्दै उनले क्यामरा अगाडि रुवाबासीसमेत गरेकी थिइन् । विमानस्थलमै उनको गायक राजेशपायल राईसँग चर्काचर्की परेको थियो । राईले उनलाई ‘ऋषि धमलालाई किन फसाउँन खोजेको ? भनेर सोधेपछि वाइवा बिच्किएकी थिइन् ।

    आफूलाई अभियन्ता बताउने वाइवा सामाजिक सञ्जालमा मनपरी बोलेर भाइरल भएकी हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.