जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।
उनी बस्दै आएको घरमा झुण्डिएको र उनका साथीहरुले पासो काटेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ ।